२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट काट्न पैसा नभएर ओमानबाट नेपाल फर्कन पाउनुभएको छैन ? दूतावासमा निवेदन दिनुहोस्

२०७७, १६ श्रावण शुक्रबार ०६:११

साउन १६, काठमाडौँ ।  ओमानमा टिकट काट्ने पैसा नभएर समस्यामा परेर घर फर्कन पाउनुभएको छैन ? यदि यस्तो समस्यामा हुनुहुन्छ भने अब निःशुल्क घर फर्कन फारम भरेर ओमानमा रहेको नेपाली दूतावासमा बुझाउन पाइने भएको छ ।

कोरोनाको कारण बेरोजगार भएका तथा कम्पनीले कुनै पनि सहयोग गर्न नसक्ने अवस्थामा भएका र आफैं टिकट किनेर घर फर्कन नसक्ने नेपालीले दूतावासले तोकेको ढाँचा अनुसार फारम भरेर बुझाउन अनुरोध गरिएको छ । यसबारेमा थप बुझ्न परेका दूतावासमा कार्यालय समयमा श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा सम्पर्क गर्न सकिन्छ ।

साथै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि फोन गरेर बुझ्न र सहयोग लिन सकिने दूतावासले जनाएको छ । सरकारले विदेशमा अलपत्र परेका, रोजगारदाताले सहयोग नगरेका, आफैं टिकट काटेर फर्कन नसक्ने नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गर्ने निर्णय गरिसकेको छ ।

त्यसका लागि निर्देशिका समेत बनाएको छ । निर्देशिकाको मापदण्डमा पर्ने श्रमिकलाई अब दूतावासको समन्वयमा निःशुल्क उद्धार हुनेछ । यो प्रक्रिया ओमानमा रहेको नेपाली दूतावासले सुरु गरेको छ । फारम भरेर दूतावासमा [email protected] मा मेल गर्न सकिने छ।

यस्तै ओमानमा समस्यामा रहेर घर फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि अगष्ट १४ मा चौथो उडान हुने भएको छ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि प्राथमिकतामा परेका १८० जना नेपालीको नाम दूतावासले सार्वजनिक गरेको छ । यो उडान पनि ओमानबाट सलाम एअरले भर्नेछ । ओमानमा रहेको नेपाली दूतावासको समन्वयमा सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा सलाम एअरले यसअघि तीन उडानमार्फत नेपाली ल्याइसकेको छ ।

प्राथमिकतामा परेकाले आफूलाई पायक पर्ने ठाउँमा कोरोनाको पीसीआर जाँच गरेर टिकट काट्न दूतावासले अनुरोध गरेको छ ।

फारमको ढाँचा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण