२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने निर्णय

२०७७, १९ श्रावण सोमबार १०:१९

साउन १९, काठमाडौं । मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन (प्लान्टेसनमा पाल्म तेल, रबर र कोकालाई राखिएको छ) गरी तीन क्षेत्रमा मात्र विदेशी कामदार राख्ने निर्णय गरेको छ । कोभिड १९ ले अर्थतन्त्रमा नकारात्मक असर परेको कारण आफ्नै नागरिकलाई रोजगारीको सुनिश्चितता गर्न यस्तो निर्णय गरेको मलेसियाका उपमानव संशाधन मन्त्री अवाङ हसिमले बताए ।

‘हामीले निर्माण, कृषि र प्लान्टेसन गरी तीन क्षेत्रमा मात्र विदेशी कामदारलाई स्वीकृति दिने निर्णय गरेका छौं, अरु क्षेत्रमा आफ्नै नागरिकहरुलाई रोजगारी दिने हामीहरुको योजना छ’, अवाङ हसिमले भने, ‘यो निर्णयले विदेशी कामदारको सङ्ख्यालाई घटाउने सरकारको निर्देशिकालाई अवलम्बन गरेको छ ।’

उनले यसले विदेशी कामदारमाथिको निर्भरता कम गर्नमा पनि मद्दत पुर्याउने बताए । अहिले विदेशी कामदारलाई माथि उल्लेखित बाहेक सेवा तथा उत्पादन लगायतका क्षेत्रहरुमा पनि अनुमति छ ।स्थानीय श्रमिकहरुले निर्माण, कृषि र प्लान्टेसन क्षेत्रको कामलाई कम तलब र निम्नस्तरको काम भन्दै समयको बर्बाद भन्ने गरेका छन् । तर बढी तलब पाइने हुँदा त्यही काम सिंगापुरमा चाहिँ गर्ने गरेका छन् ।

यसै विषयलाई मध्यनजर गर्दै मलेसिया सरकारले त्यहाँका सहरीदेखि ग्रामिण सबै क्षेत्रमा न्यूनतम तलब १२ सय रिंगिट तोक्ने निर्णय गरेको पनि वाङ् हसिमले बताए । अहिले ग्रामिण क्षेत्रमा ११ सय रिंगिट तलब रहेको छ ।मलेसियामा करिब २१ लाख विदेशी श्रमिक रहेको सरकारी तथ्याँकले देखाएको छ । अलिखित (अनडकुमेन्टेड) श्रमिकसमेत गरेर करिब ३५ देखि ५५ लाखको बीचमा रहेको जनाइएको छ ।

मलेसिया सरकारको यस्तो निर्णयले मलेसियामा रहेका र जान चाहने नेपाली श्रमिकहरुमा पनि असर पर्ने देखिएको छ । 

रोजगारदाताको विरोध 

तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने सरकारको निर्णयले आफुहरुलाई गम्भीर असर परेको भन्दै मलेसियाको अन्य क्षेत्रका रोजगादाताहरुले सो निर्णयको विरोध शुरु गरेका छन् । मलेसियन इम्प्लाएर फेरडरेसन (एमइएफ) तथा स्मल एण्ड मिडियम ईन्टरप्राइजेज एसोसिएसनले विदेशी कामदारलाई रोजगारीमा लगाउन रोक्ने निर्णय लिनु अगाडि मलेसिया सरकारले आफुहरुसँग छलफल नगरेको भन्दै तोकिएका तीन क्षेत्रबाहेक अन्य क्षेत्र विदेशी कामदाहरुको अभावमा नराम्रोसँग प्रभावित हुने बताएका छन् ।

एमइएफका कार्यकारी निर्देशक सम्सुद्धिन बरदानले मलेसियामा वैधानिक हैसियतका २० लाख कामदार रहेको भन्दै त्यसमध्ये ८ लाख ३७ हजार ८ सयले मात्र कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा काम पाउने बताए । मलेसियाको उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेको उनले जानकारी दिएका छन् ।

विदेशी कामदार प्रयोग गर्न नपाए अन्य क्षेत्र सञ्चालनमा कठिनाइ हुने उनको भनाइ छ ।  पहिले मलेसियन नागरिकले अत्यत्नै जोखिमपूर्ण मानिने ‘डर्टी’, ‘डिफिकल्ट’ र ‘डेन्जरस’ काम गर्न शुरु गर्नुपर्ने, त्यसपछि मात्र विदेशी कामदार नल्याऊ भन्न मिल्ने रोजगारदाताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त