२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय एयरलाइन्सले थप चार उडान गर्ने

२०७७, २२ श्रावण बिहीबार १०:५६

साउन २२, काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो ।

हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा  दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने कम्पनीले आज विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका हुन् ।

यसअघिको तालिकाअनुसार पछिल्लो चरणमा हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा १८ चार्टर्ड उडान गर्ने जनाएको छ ।

कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र ९सिसिएमसी०को असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन