२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारद्धारा आप्रवासी कामदारको आइडी नविकरणमा जरिवाना नलिने निर्णय

२०७७, २४ श्रावण शनिबार ०५:५६

साउन २४, दोहा । कतारले कोरनाको कारण भिसा अबधि सकिएको तथा बिदा गएको ६ महिनाभित्र फर्किन नसकेकाहरुले आइडी नविकरणबापत तिर्नुपर्ने अतिरिक्त शुल्क नलिने भएको छ ।

कोभिड-१९को कारणले कतारबाहिर फसेका कतारी अकामा (आइडी) बाहक आप्रवासी नागरिकहरुले समयमै नविकरण नगर्दा तिर्नुपर्ने अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको कतारको आन्तरिक मन्त्रालयले बताएको छ ।

कतार सरकारको यो निर्णयसंगै कतारबाट बिदामा नेपाल गएका तथा कोरोनाको कारण कतार फर्किन नसकेका हजारौँ नेपाली श्रमिकलाई राहत पुग्ने भएको छ । कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये ८० प्रतिशत हाराहारी नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् । तर, कोरोना भाइरसको महामारीपछि कयौँ नेपाली बिदामा गएको बताइन्छ । 

कतारमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमितको संख्या १ लाख १२ हजार ३८३ पुगेको छ । निको भएर घर फर्किनेको सङ्ख्या १ लाख ९ हजार १४२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १८० जना पुगेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङ्क छैन । संक्रमणको दर घट्दै गएको खण्डमा कतारले चौथो चरण अर्थात् सेप्टेम्बरदेखि सबै प्रतिबन्ध हटाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण