साउन २५, काठमाडौँ | कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काउने क्रम जारी छ ।
दोहा स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार आज दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५५ (५ जना महिला सहित) नेपालीहरू नेपाल फर्किएका छन् ।
दुतावासले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ 'कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप नेपालीहरुलाई स्वदेश फिर्ता गरिएको छ ।
आइतबार बिहान नेपाल प्रस्थान गरेका नेपालीहरुको यात्रा सहजिकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!