२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानबाट चौथो चार्टर उडानमार्फत १ सय ७५ जना नेपालीहरू स्वदेश फर्किए

२०७७, ३० श्रावण शुक्रबार १०:०९

साउन ३०, काठमाडौं। ओमानबाट १ सय ७५ जना नेपालीहरू आज नेपाल फर्किएका छन् । सलाम एअरको ओभी ४२७ को  चौथो चार्टर उडानमार्फत १ सय ३७ पुरूष र ३८ महिला गरि १ सय ७५ जना नेपालीहरु स्वदेश फर्किएको ओमानास्थित नेपाली दुतावासले जनाएको छ  ।

ओमानको मस्कटमा रहेको नेपाली राजदूतावासको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित  रुपमा नेपाल लैजाने योजना अनुरुप उनीहरु नेपाल फर्किएका दुतावासले जनाएको छ । उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो ।


विमानस्थलमा पुगेर ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि उनीहरुको फल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी छिन् भने यात्रुहरूले यस अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका छन् ।

यात्रुहरुको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी श्री कृष्णा कुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यसैगरी अर्को चार्टर उडानबारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने दुतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण