२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट लिएकाहरुको ख्यालै नगरी उडान स्थगित, विदेशमा नेपालीहरु झनै अलपत्र (भिडियो)

२०७७, ४ भाद्र बिहीबार ११:२६

भदौ ४, काठमाडौँ | भदौ ३ गते उडान तय भई टिकेट समेत लिईसकेका नेपालीहरु माल्दिभ्सको मालेमा अलपत्र परेका छन् । सरकारले भदौ १ गते आकस्मिक रुपमा गरेको निर्णयले उनिहरु अलपत्र परेका हुन् । 

अलपत्र परेका अधिकांशले रोजगारी गुमाईसकेका छन् । अलपत्र परेका उनीहरु माल्दिभ्सका बिभिन्न टापुबाट भदौ ३ गते उडान तय भएकोले भदौ १ गते अघिनै टिकट काटेर राजधानी मालेमा आई बसेको पाइएको छ । 

'कोरोना महामारीको कारण माल्दिभ्सको टापुहरुमा कुनै पनि समस्या परे टापुनै शिल हुने भएकाले उनिहरु ५ सय किलोमिटरसम्म टाढाबाट केहिदिन अघिनै माले आएर बसेका हुन् ।' माल्दिभ्सबाट धादिङका भीम थापाले बताएका छन् । थापाका अनुसार माल्दिभ्सबाट भदौ ३ गतेको लागि चार्टर्ड उडान तय भएको थियो । जस अनुसार माल्दिभ्समा समस्यामा रहेका नेपालीहरुले चार्टर्ड उडानको टिकेट समेत काटेका थिए । भदौ ३ गतेको टिकेट लिएर स्वदेश आउन पाउने आशामा रहेका नेपालीहरु मध्ये अधिकांश माले भन्दा बाहिरका टापुमा काम गर्नेहरु रहेका छन् । बिभिन्न टापु पार गर्दै माले आईपुग्नुपर्ने भएकाले समय अगावै उनीहरु माले आई बसेको पाइएको छ । तर भदौ १ गते सरकारले पूर्व जानकारी बिनै उडान स्थगित गरेपछि उनीहरु मालेमै अलपत्र परेका हुन् । 

उनीहरु मध्ये एकजनाले सरकारले उडान स्थगित गरेपछि  न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा समेत आफ्नो गुनाशो गरेका थिए । माल्दिभ्समा अलपत्र नेपालीहरुले जुलाई १४ देखि प्रयास गर्दा पहिलो पटक भदौ ३ मा चार्टर्ड उडानको टिकट प्राप्त गरेको तर त्यहि उडान पनि सरकारको पछिल्लो निर्णयले स्थगित हुँदा आफूहरु माल्दिभ्समै अलपत्र पर्नुपरेको नेपालीहरुले बताएका छन् । 


समस्यामा परेपछि चार्टर्ड उडानको पहल गरेका भीम थापाले बताए अनुसार माल्दिभ्सको लागि छुट्टै दुतावास नभएको तर माल्दिभ्स हेर्ने श्रीलंकास्थित नेपाली दुतावाससँग सहयोग माग्दा दुतावासले चार्टर्ड उडानको पहल गरे कागजी रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसै अनुसार समस्यामा परेका नेपालीहरुले चार्टर्ड उडानको लागि आफैले प्रयास गरेर करिव ९० जनाले टिकट काटेका थिए । उनिहरुले काठमाडौँमा रहेको रुप्से होलिडेको सहयोगमा चार्टर्ड उडानको टिकट पाउन सफल भएको बताएका छन् । भदौ ३ गतेको उडानको अनुमति पाएपछि रुप्से होलिडेले अगस्ट २ देखि माल्दिभ्समा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउन टिकट बुकीङ खुलाएको एक नेपालीले बताएका छन् ।

चार्टर्ड उडानको टिकट काटेका उनिहरुले पुर्व निर्धारित उडान तालिका अनुसार भदौ ३ गते उड्ने तय भएको बताएका छन् । 'माल्दिभ्सका बिभिन्न रिसोर्टमा रोजगारी गुमाएका हामीहरु निर्धारित उडानको लागि टाढा-टाढादेखि स्वदेस फर्कन पाउने आशामा माले आएर भदौ १ गतेदेखिनै बसेका थियौं' मालेमा अलपत्र एक नेपालीले बताए ।


भदौ ३ गतेको टिकटमा १ गतेनै माले आउनुको कारणबारे अर्का एक नेपालीले बताएका छन् 'कोरोना संक्रमणको कारण माल्दिभ्सको टापुहरुमा जुनसुकै बेला सिल हुने अवस्था हुन्छ, हामीहरु आउने क्रममा कुनै एक टापुमा कुनै व्यक्ति संक्रमित भेटिए टापुनै सिल हुने र त्यहि अलपत्र पर्नसक्ने सम्भावना भएकाले अगाडीनै मालेमा आएर बसेका हौँ ।' उनले अगाडी भने 'तर हामी आए लगत्तै सरकारले अप्रत्यासित चार्टर्ड उडान बन्द गरिदियो, हामी त झनै अलपत्र पर्यौं, २/३ दिन माले बसिन्छ अनि स्वदेश जान पाइन्छ भन्ने योजनाले आएका थियौं तर अब दोसाधमा पर्यौं ।' उनले आफूहरु स्वदेश फर्कने भनेर आएपछि पुरानै ठाउँमा फर्कने अवस्था समेत नरहेको भन्दै यथासक्य स्वदेश फर्कन पाउने आशामा रहेको बताएका छन् । 

मुख्य गरेर माल्दिभ्समा काम गर्ने नेपालीहरु होटल क्षेत्रमा कार्यरत छन् । कोरोनाका कारण अधिकांश होटलहरुमा रोजगारी गुमेको वा आधा मात्र तलब पाएको अवस्था छ । कतिपयले रोजगारी गुमाएको अवस्था छ । आगामी दिनमा कम्पनीहरुले आव्हान गरेका छन् कि 'पुरा तलब दिन सकिदैन, आफ्नो निर्णय लिनुस् ।' 

एक्सकप सेक्युरिटीले आफ्ना कामदारलाई अगस्टदेखि माले पठाईदिएको एक नेपालीले बताएका छन् । माले आई अलपत्र नेपालीले दिनको कम्तिमा ५ हजार खर्च तिरेर रुम भाडा तथा खाना जुटाउनुपर्ने हुँदा आफूहरुसँग भएको पैसा समेत सकिएको बताएका छन् । 

माल्दिभ्सको समस्यालाई लिएर तयार पारिएको एक भिडियो तल हेर्नुहोस् 


पुर्व सूचना हुनुपर्ने थियो 

माल्दिभ्स मात्र होइन, नेपालीहरु धेरै रहेका अन्य देशमा समेत भदौ १ गते सरकारले गरेको अप्रत्यासित निर्णयले अलपत्र बनेका छन् । उडान गर्ने/नगर्ने विषयमा सरकारले विदेशमा टिकट समेत काटीसकेका नेपालीहरुलाई पूर्व सुचना त दिएन नै, पूर्वनिर्धारित उडानमार्फत स्वदेश फिर्ता हुन् लगेज बोकेर एयरपोर्टमै पुगेका नेपालीलाई समेत स्वदेश नल्याई उनिहरुलाई लिन गएको विमान समेत रित्तै फर्काइएको थियो । 

सरकार र दुतावासबीच समन्वयबिनै उडान रोकेका कारण टिकट काटिसकेका र कोभिड १९ समेत परीक्षणमा खर्च गराएका नेपालीहरु विदेशमै रोकिएका छन् । जसको कारण लगेज बोकेर टाढाटाढादेखि एयरपोर्ट आई बसेका नेपालीहरु अलपत्र परेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण