२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट झण्डै ५३ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ? (सूचीसहित)

१२ भाद्र २०७७, शुक्रबार ०७:१६

भदौ १२, काठमाडौं । विदेशबाट तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश फर्किएका छन् ।  सरकारले जेठ २९ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान शुरु गरेपछि ५८ देशबाट ५२ हजार ७७९ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । 

तीन महिनाको अवधिमा सबैभन्दा धेरै यूएईबाट स्वदेश फर्किएका छन् । यूएईबाट १५ हजार २१० जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुन देशबाट कति फर्किए ?

यूएईपछि खाडीकै अर्को देश साउदीबाट ७ हजार ८१७ जना स्वदेश फर्किएका छन् भने कतारबाट ५ हजार ६६८ जना मात्रै अहिलेसम्म स्वदेश आइपुगेका छन् ।झण्डै ७० हजार नेपाली श्रमिक कार्यरत खाडीको अर्को देश कुवेतबाट ६ हजार ३२० जना स्वदेश फर्किएका छन् । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मलेसियाबाट ७ हजार ८५८ जना स्वदेश आइपुगेका छन् भने बहराइनबाट ९८० जना, ओमानबाट ६६७ जना, इजरायलबाट २५ जना, साइप्रसबाट १०२ जना, अस्ट्रेलियाबाट एक हजार ८७ जना, फिलिपिन्सबाट २०१ जना, म्यानमारबाट २६ जना, कम्बोडियाबाट ३३ जना, सिंगापुरबाट २६४ जना, थाइल्याण्डबाट ३२६ जना, बंगलादेशबाट ८ सय ६५ जना, अफगानिस्तानबाट ५० जना, श्रीलंकाबाट ५ जना, माल्दिभ्सबाट ७०९ जना र पाकिस्तानबाट ७२ जना स्वदेश आइपुगेका सीसीएमसीले जनाएको छ ।

यस्तै चीनबाट २०८ जना, हङ्कङ र मकाउबाट ८९ जना, दक्षिण कोरियाबाट ९६७ जना, जापानबाट १२ सय ८२ जना, अमेरिकाबाट ५९१ जना, क्यानडाबाट ३८ जना, डेनमार्कबाट २१ जना, फिनल्याण्डबाट १९ जना, नर्वेबाट २० जना, स्वीडेनबाट १३ जना, अर्मेनियाबाट २ जना, जर्मनीबाट ४७ जना, पोल्याण्डबाट ५ जना स्वदेश फर्किएका छन् ।

चेक गणतन्त्रबाट २ जना, स्विट्जरल्याण्डबाट ५ जना, इटलीबाट ३९ जना, बेल्जियमबाट ९ जना, नेदरल्याण्डबाट ३० जना, अष्ट्रियाबाट ३ जना, ग्रिसबाट ३९ जना, स्पेनबाट १३ जना, फ्रान्सबाट १९ जना, पोर्चुगलबाट ५ जना, संयुक्त अधिराज्यबाट २४४ जना, युगाण्डाबाट ६ जना, नाइजेरियाबाट ४ जना, सुडानबाट ५ जना, दक्षिण सुडानबाट २५८ जना, टिउनेसियाबाट २ जना, इथोपियाबाट ५ जना, सोमालियाबाट १ जना, टर्कीबाट २९९ जना, इरानबाट २ जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश आइपुगेका छन् ।

अहिले पनि नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ । भदौ १६ गतेदेखि पीसीआर जाँच सहज भएका देशबाट सरकारले नियमित उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य