२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार : २०६१ भदौ १६ को कालो दिन सम्झिएर ..’नगद धरौटी एक वर्षलाई सापटी देऊ’

२०७७, १६ भाद्र मंगलवार १०:११

भदौ १६, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यावसायी संघले म्यानपावर व्यवसायीले राखेको नगद धरौटी एक वर्षका लागि सापटी दिन सरकारसंग माग गरेको छ । कोरोना महामारी पछि वैदेशिक रोजगार ठप्प भएको कारण व्यवसायीले कार्यालय संचालन गर्न नसक्ने अवस्था आएकोले एक वर्षका लागि नगद धरौटी सापटी दिन आग्रह गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए  ।

बि.स. २०६१ साल भाद्र १६ गते इराक स्थित अमेरिकन बेस क्याम्पमा वैदेशिक रोजगारीको लागि गएका कामदारहरु मध्ये १२ जान नेपाली नागरिकहरुको आतंककारीहरु बाट बीभत्स हत्या गरिएको थियो  । सोहि घटनाको आक्रोशमा २०६१ साल भाद्र १६ गते वैदेशिक रोजगार व्यववसाय संचालन गर्ने कम्पनीहरुको कार्यालय, घर, सवारी साधनमा आगजानी तोडफोड र लुटपाट गर्ने कार्य भएका थिए । 

उक्त घटना भएको दिनलाई व्यवसायीले "कालो दिन" घोषणा गरि विभिन्न प्रकारका सचेतना मुलक कार्यक्रमहरु गरि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने कार्य गर्दै आएका छन् । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको माहामारीको कारणले यस वर्ष संघले कुनै सचेतना कार्यक्रम नराखे पनि यस दिनलाई व्यवसायीको "कालो दिन" को स्मरण गरेको महासचिव श्रेष्ठले बताए । 

२०६१ भदौ १६ पश्च्यात  म्यानपावर कम्पनीहरुमा भएको क्षतिको पुन:स्थापना गर्न व्यवसायीले राखेको नगद धरौटी एक वर्षको लागि सरकारले सापटी दिएको तथ्यलाई स्मरण गराउदै अहिलेको अवस्थामा पनि नगद धरौटी सापटी दिन सरकारसंग माग गरिएको श्रेष्ठले बताए । कोरोना महामारीको जोखिम रहेको भन्दै सरकारले गत वर्ष फागुन २९ गतेबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कार्य बन्द गर्ने निर्णय गरेको थियो साथै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गरिएको थियो । 

सो पश्च्यात गत असार १८ बाट पुन: श्रम स्वीकृति र आजबाट नयाँ (संस्थागत) श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । अब माग आएका देशमा आवश्यक प्रक्रिया पुरा गरेर नेपाली कामदार पठाउन सकिने विश्वास म्यानपावर व्यवसायीले लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण