२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज फर्किए ३४८ नेपाली, भोलिको लागि चार अन्तरराष्ट्रिय उडान हुँदै

२०७७, १७ भाद्र बुधबार १६:१९

भदौ १७, काठमाडौँ (रासस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ ।

निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । निगमको जहाज केही बेरअघि मात्र काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो ।आजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ ।

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् ।  हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।

यस्तै अफगानिस्तानबाट युके ४ एयर फोर्सको जहाजले काठमाडौँ गन्तव्यमा चार्टर्ड उडान गर्ने विमानस्थलले जनाएको छ ।  आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका पाँच चार्टर्ड उडान भएका छन् ।

तारा एयरले फाप्लु र रारा, सीता एयरले सिमीकोट, मनाङको हेलीले खोटाङ र एयरडाइनेष्टीले बिर्तामोडमा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन