२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीलाई खुसीको खबर, यस्तो कारण

२०७७, २२ भाद्र सोमबार ०६:२३

भदौ २२, काठमाडौं । खाडी क्षेत्रमा नै श्रमिकको न्यूनतम ज्याला तोक्ने पहिलो मुलुक बनेको कतारले त्यसको कार्यान्वयनका लागि थप कडाई गर्ने संकेत गरेको छ । कतारका उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातालाई एक वर्षसम्म जेल सजाय तथा १० हजार कतारी रियाल (झण्डै ३ लाख रुपैंया) जरिवाना हुने बताएका छन् ।

कतार टीभीलाई उधृत गर्दै कतार ट्रिव्यूनमा प्रकाशित समाचारमा यस अगाडी न्यूनतम ज्याला नदिने रोजगारदातालाई एक महिनाको जेल सजाय तथा ६ हजार रियालसम्म जरिवाना हुने व्यवस्था थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गतको श्रम निरिक्षण विभागका निर्देशक फाहिद अल दोसरीले नयाँ कानुन अनुसारको न्यूनतम ज्याला उपलव्ध नगराउने रोजगारदाताले अव बढी सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

कतारको ऐतिहासिक निर्णयः रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

अल दोसरीले नयाँ न्यूनतम ज्याला १ हजार कतारी रियाल हुने तथा रोजगारदाताले आवास रखाना उपलव्ध नगराएको अवस्थामा आवासका लागि ५ सय रियाल र खानाका लागि ३ सय रियाल गरी कुल १ हजार ८ सय रियाल प्रतिमहिना श्रमिकलाई तलव उपलव्ध गराउनु पर्ने स्पष्ट पारे । कतारले गत अगष्ट ३० मा दुईवटा कानुन जारी गर्दै न्यूनतम ज्याला र रोजगारदाता परिवर्तन गर्न नो अव्जेक्सन सर्टिफिकेट आवश्यक नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्रमा लागु हुने व्यवस्था छ । कतारले दक्ष श्रमिकलाई आकर्षित गर्न न्यूनतम ज्याला वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाइने व्यवस्था गरेको अल दोसरीले बताए  ।

श्रमिकलाई उचित आवासको व्यवस्था नगर्ने रोजगारदातालाई ६ महिनासम्म जेल तथा २ हजार रियाल भन्दा कम नहुनेगरी बढीमा १० हजारसम्म आर्थिक जरिवाना हुने अल दोसरीले स्पष्ट पारेका छन् । यसैगरी रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिक तथा नयाँ रोजगारदाताले पुरा गर्नुपर्ने प्रकृयाका बारेमा पनि कतारले स्पष्ट पारेको छ । 

कतारले घोषणा गरेको श्रम क्षेत्र सुधारको कार्यक्रम व्यवहारिक रुपमा लागु भएमा यसबाट ठूलो संख्यामा कतारमा कार्यरत आप्रवासी श्रमिक लाभान्वित हुनेछन् । कतिपय मानवअधिकारवादी संघसंस्थाले कतारको सुधारको मुक्तकण्ठले प्रशंसा गरेका छन् भनें कतिपयले यो व्यवहारिक रुपमा कसरी लागु हुन्छ हेर्न बाँकी नै रहेको बताएका छन् ।

अबदेखि म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल