२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीलाई खुसीको खबर, यस्तो कारण

२२ भाद्र २०७७, सोमबार ०६:२३

भदौ २२, काठमाडौं । खाडी क्षेत्रमा नै श्रमिकको न्यूनतम ज्याला तोक्ने पहिलो मुलुक बनेको कतारले त्यसको कार्यान्वयनका लागि थप कडाई गर्ने संकेत गरेको छ । कतारका उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातालाई एक वर्षसम्म जेल सजाय तथा १० हजार कतारी रियाल (झण्डै ३ लाख रुपैंया) जरिवाना हुने बताएका छन् ।

कतार टीभीलाई उधृत गर्दै कतार ट्रिव्यूनमा प्रकाशित समाचारमा यस अगाडी न्यूनतम ज्याला नदिने रोजगारदातालाई एक महिनाको जेल सजाय तथा ६ हजार रियालसम्म जरिवाना हुने व्यवस्था थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय अन्तर्गतको श्रम निरिक्षण विभागका निर्देशक फाहिद अल दोसरीले नयाँ कानुन अनुसारको न्यूनतम ज्याला उपलव्ध नगराउने रोजगारदाताले अव बढी सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

कतारको ऐतिहासिक निर्णयः रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

अल दोसरीले नयाँ न्यूनतम ज्याला १ हजार कतारी रियाल हुने तथा रोजगारदाताले आवास रखाना उपलव्ध नगराएको अवस्थामा आवासका लागि ५ सय रियाल र खानाका लागि ३ सय रियाल गरी कुल १ हजार ८ सय रियाल प्रतिमहिना श्रमिकलाई तलव उपलव्ध गराउनु पर्ने स्पष्ट पारे । कतारले गत अगष्ट ३० मा दुईवटा कानुन जारी गर्दै न्यूनतम ज्याला र रोजगारदाता परिवर्तन गर्न नो अव्जेक्सन सर्टिफिकेट आवश्यक नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सरकारी राजपत्रमा प्रकाशित भएको ६ महिनाभित्रमा लागु हुने व्यवस्था छ । कतारले दक्ष श्रमिकलाई आकर्षित गर्न न्यूनतम ज्याला वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाइने व्यवस्था गरेको अल दोसरीले बताए  ।

श्रमिकलाई उचित आवासको व्यवस्था नगर्ने रोजगारदातालाई ६ महिनासम्म जेल तथा २ हजार रियाल भन्दा कम नहुनेगरी बढीमा १० हजारसम्म आर्थिक जरिवाना हुने अल दोसरीले स्पष्ट पारेका छन् । यसैगरी रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिक तथा नयाँ रोजगारदाताले पुरा गर्नुपर्ने प्रकृयाका बारेमा पनि कतारले स्पष्ट पारेको छ । 

कतारले घोषणा गरेको श्रम क्षेत्र सुधारको कार्यक्रम व्यवहारिक रुपमा लागु भएमा यसबाट ठूलो संख्यामा कतारमा कार्यरत आप्रवासी श्रमिक लाभान्वित हुनेछन् । कतिपय मानवअधिकारवादी संघसंस्थाले कतारको सुधारको मुक्तकण्ठले प्रशंसा गरेका छन् भनें कतिपयले यो व्यवहारिक रुपमा कसरी लागु हुन्छ हेर्न बाँकी नै रहेको बताएका छन् ।

अबदेखि म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य