२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले विदेश जान नयाँ तथा पुरानो श्रम-स्वीकृति पाइन्छ ? यस्तो छ बिभागको प्रतिक्रिया

२०७७, २४ भाद्र बुधबार ०६:०१

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेसंगै काठमाडौँ स्थित बैदेशिक रोजगार बिभागले काम गरिरहेको बताएको छ । वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दहालले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार अहिले नयाँ तथा पुरानो श्रम स्वीकृतिको काम जारी रहेको छ । 

कोरोना महामारी जारी रहेको अवस्थामा श्रम-स्वीकृति खूला भएसंगै मंगलबार श्रम कार्यालय ताहाचलमा श्रमस्वीकृति लिनेको भीड लागेको र सो भीडलाई प्रहरीले हटाउने प्रयास गरेको महानिर्देशक दाहालले जानकारी दिए । काठमाडौँमा निषेधाज्ञा रहेको अवस्थामा श्रम कार्यालयमा भीड बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न समस्यामा परेकाहरुलाई मात्र श्रम स्वीकृति दिन सम्बन्धित कार्यालयलाई अनुरोध गरिएको दाहालले जानकारी दिए । उनले भने 'नयाँ-पुरानो श्रम दिने काम जारी छ, तर महामारीको जोखिमका कारण भीड लगाएर काम गर्नु सबैको लागि जोखिम हुन्छ त्यसैले समस्या परेकाहरुलाई मात्र श्रम दिने काम भईरहेको छ ।' 

कोरोना महामारीका कारण लामो समयदेखि बैदेशिक रोजगार ठप्प बनेको अवस्थामा भदौ १४ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति समेत खूला गरेको थियो  । रोजगार मुलुकबाट बिदामा आएकाहरुको पुन-स्वीकृति भने त्यस अघिदेखिनै खुलेको अवस्था थियो ।

भिडियो हेर्नुहोस् 



वैदेशिक रोजगार बिभागले नयाँ-पुरानो श्रम स्वीकृति दिने निर्णय गरेसंगै सम्बन्धित रोजगारदाता कम्पनीले नो अब्जेक्सन लेटर (NOC) दिएकाहरुलाई मात्र श्रम स्वीकृति दिने सूचना भदौ १७ गतेनै जारी गरेको अवस्था छ । 

बिभागले गरेको पछिल्लो निर्णय अनुसार पहिले श्रम स्वीकृति दिने नीतिसंगै बिभिन्न तीन मापदण्डलाई आधार मानेर नयाँ तथा पुरानो श्रम स्वीकृति दिने उल्लेख छ । जस अनुसार २०७६ फागुन २९ गते अघि मागपत्र प्रामाणिकरण भई पूर्व स्वीकृति लिएकाको हकमा सम्बन्धित श्रम गन्तव्य मूलुकको रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसि सम्बन्धित दुतावासबाट प्रमाणीत गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । 

त्यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित देशको नेपाली दुतावासबाट प्रमाणित गराई अनिवार्य पेश गर्नुपर्ने उल्लेखित छ । 

त्यस्तै नयाँ व्यक्तिगत श्रमस्वीकृतिको हकमा पनि गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी गरेको एनओसि वैदेशिक रोजगार कार्यालय ताहाचलको इमेलमा प्राप्त भएपछि मात्र श्रम स्वीकृति दिइनेछ  । 

बिदामा आएकाहरुले पुनस्वीकृतिको लागि सातै प्रदेशमा रहेको श्रम कार्यालयबाट श्रम स्वीकृति लिन सक्ने भएपनि नयाँ श्रम स्वीकृतिको लागि भने काठमाडौँको ताहाचलकै कार्यलय आउनुपर्ने बाध्यता छ । काठमाडौँका नाकाहरुमा कडाई भएको अवस्थामा उपत्यका बाहिरकालाई काठमाडौँमा आई नयाँ स्वीकृति लिन सहज अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण