२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतारको रोजगारीमा सिण्डिकेट’ विरुद्ध म्यानपावर व्यवसायी संघ संस्था,कसले के भने ?

२५ भाद्र २०७७, बिहीबार ०७:२३

भदौ २५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आवद्ध संघसंस्थाले कतारको वैदेशिक रोजगारका नाममा कुनै पनि प्रकारको सिण्डिकेट पक्षमा नरहेको स्फष्ट पारेका छन् । भाद्र २३ गते  एक अनलाइनमा 'कतार कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लाद्न चलखेल'  शीर्षकमा समाचार आएको थियो । उक्त समाचार प्रति ध्यानाकर्षण भएको भन्दै व्यवसायी संघसंस्थाले आफुहरु सिण्डिकेटको विरोधमा रहेको जनाएका हुन् ।

म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वैदेशिक व्यवसायमा सिण्डिकेट खडा गर्नु आपत्तिजनक भएको बताएका छन् । 


'सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्छ'

"कतारमा कामदार पठाउन सिण्डिकेट लाद्न चलखेल" भनी प्रकाशित समाचारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

व्यवसायी संघ कुनै पनि नाम र बहानामा हुने गरिने सिण्डिकेटको विरुद्धमा छ र सदैव रहनेछ संघका महासचिव सुजित कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'केहि संचार माध्यममा  उल्लेख गरिए अनुसार सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्नेछ ।'

'संघ स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने व्यावासायीको साझा संस्था भएकाले एकाधिकार, सरक्षणवाद र सिण्डिकेट लागू नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउंदछ विज्ञप्तिमा भनिएको छ ।

सिन्डिकेट खडा गर्नु आपत्तिजनक : प्रगतिशील मंच 

"कतार कामदार पठाउने  म्यानपावर मा सिन्डिकेट" शीर्षक को समाचार प्रकाशन  भएको प्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च,  नेपालको ध्यान गम्भिर रुपमा आकृष्ट भएको मंचले जनाएको छ । समाचारमा  सम्प्रेषित विवरण सही हो भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपाल त्यस्ता कुनै पनि किसिम को सिन्डिकेटको विरोध गर्दछ मंचद्वारा विज्ञप्तिमा भनिएको छ "यस व्यवसायमा सिन्डिकेट खडा गर्नु आपत्तिजनक भएको हुँदा त्यस्ता सिन्डिकेट को सधै प्रतिरोध गर्ने यसै वक्तव्य मार्फत प्रष्ट पार्न चाहान्छौं ।" 

आम व्यावसायी विरोधी कार्यहरु स्वीकार्य छैन : एसोसियसन

नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पनि रोजगारीका नाममा गरिने कुनैपनि सिण्डिकेट पक्षमा एसोसियसन नरहेको स्फष्ट पारेको छ ।

सम्पूर्ण व्यवसायीले आफ्नो योग्यता र क्षमता अनुसार निर्वाद रुपमा नेपाल सरकारले श्रम स्विकृति प्रदान गर्ने मुलकहरुमा कामदार पठाउन पाउने अधिकारलाई कुनै सिन्डिकेटको  नाममा अवरोध नगर्न, नगराउनु हुन अनुरोध गरिन्छ एसोसियसनका महासचिव भवानी निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ "यस्ता  गैरकानुनी काम कहीं  कतैबाट भएको पाइएमा वा कोही  पनि व्यवसायीहरुले यस्ता प्रकारका अवाञ्छित, एकाधिकार तथा आम व्यावसायी विरोधी कार्यहरु गरेमा सो को विरोध गर्दै यस् एसोसियसन कडा प्रतिवादमा उत्रिने आम व्यवसायीलाई जानकारी गराउंदछौं ।'






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य