२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कतारको रोजगारीमा सिण्डिकेट’ विरुद्ध म्यानपावर व्यवसायी संघ संस्था,कसले के भने ?

२०७७, २५ भाद्र बिहीबार ०७:२३

भदौ २५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आवद्ध संघसंस्थाले कतारको वैदेशिक रोजगारका नाममा कुनै पनि प्रकारको सिण्डिकेट पक्षमा नरहेको स्फष्ट पारेका छन् । भाद्र २३ गते  एक अनलाइनमा 'कतार कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लाद्न चलखेल'  शीर्षकमा समाचार आएको थियो । उक्त समाचार प्रति ध्यानाकर्षण भएको भन्दै व्यवसायी संघसंस्थाले आफुहरु सिण्डिकेटको विरोधमा रहेको जनाएका हुन् ।

म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वैदेशिक व्यवसायमा सिण्डिकेट खडा गर्नु आपत्तिजनक भएको बताएका छन् । 


'सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्छ'

"कतारमा कामदार पठाउन सिण्डिकेट लाद्न चलखेल" भनी प्रकाशित समाचारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

व्यवसायी संघ कुनै पनि नाम र बहानामा हुने गरिने सिण्डिकेटको विरुद्धमा छ र सदैव रहनेछ संघका महासचिव सुजित कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'केहि संचार माध्यममा  उल्लेख गरिए अनुसार सिण्डिकेट खडा गरिए वा लगाइए संघले त्यसको शशक्त प्रतिवाद गर्नेछ ।'

'संघ स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने व्यावासायीको साझा संस्था भएकाले एकाधिकार, सरक्षणवाद र सिण्डिकेट लागू नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउंदछ विज्ञप्तिमा भनिएको छ ।

सिन्डिकेट खडा गर्नु आपत्तिजनक : प्रगतिशील मंच 

"कतार कामदार पठाउने  म्यानपावर मा सिन्डिकेट" शीर्षक को समाचार प्रकाशन  भएको प्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च,  नेपालको ध्यान गम्भिर रुपमा आकृष्ट भएको मंचले जनाएको छ । समाचारमा  सम्प्रेषित विवरण सही हो भने प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपाल त्यस्ता कुनै पनि किसिम को सिन्डिकेटको विरोध गर्दछ मंचद्वारा विज्ञप्तिमा भनिएको छ "यस व्यवसायमा सिन्डिकेट खडा गर्नु आपत्तिजनक भएको हुँदा त्यस्ता सिन्डिकेट को सधै प्रतिरोध गर्ने यसै वक्तव्य मार्फत प्रष्ट पार्न चाहान्छौं ।" 

आम व्यावसायी विरोधी कार्यहरु स्वीकार्य छैन : एसोसियसन

नेपाल  लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पनि रोजगारीका नाममा गरिने कुनैपनि सिण्डिकेट पक्षमा एसोसियसन नरहेको स्फष्ट पारेको छ ।

सम्पूर्ण व्यवसायीले आफ्नो योग्यता र क्षमता अनुसार निर्वाद रुपमा नेपाल सरकारले श्रम स्विकृति प्रदान गर्ने मुलकहरुमा कामदार पठाउन पाउने अधिकारलाई कुनै सिन्डिकेटको  नाममा अवरोध नगर्न, नगराउनु हुन अनुरोध गरिन्छ एसोसियसनका महासचिव भवानी निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ "यस्ता  गैरकानुनी काम कहीं  कतैबाट भएको पाइएमा वा कोही  पनि व्यवसायीहरुले यस्ता प्रकारका अवाञ्छित, एकाधिकार तथा आम व्यावसायी विरोधी कार्यहरु गरेमा सो को विरोध गर्दै यस् एसोसियसन कडा प्रतिवादमा उत्रिने आम व्यवसायीलाई जानकारी गराउंदछौं ।'






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण