२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई धमाधम नयाँ-पुरानो श्रम स्वीकृति दिने काम भईरहेको छ (भिडियो सहित)

२५ भाद्र २०७७, बिहीबार ०८:५६

भदौ २५, काठमाडौँ | श्रम मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार बिभाग श्रम कार्यालय ताहाचलले सबै खाले श्रम स्वीकृति दिईरहेको जनाएको छ । उपत्यकामा निषेधाज्ञाका बाबजुत अहिले नयाँ जान चाहने तथा बिदामा जान चाहनेलाई श्रम स्वीकृति दिने काम जारी गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ । त्यसोत हामीले यसै सन्दर्भमा बुधबार श्रम कार्यालयमै पुगेर एक भिडियो लिएका छौँ । तल हेर्नसक्नुहुन्छ । 


श्रम कार्यालयमा सम्बद्ध अधिकारीहरुका अनुसार सरकारको निर्णय अनुसार सबै खाले श्रम स्वीकृति दिने कार्य जारी छ । तर जारी निषेधाज्ञाका कारण श्रम कार्यालयमा धेरै भिड छैन । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानको लागि पनि श्रम खूला गरेको अवस्था छ तर दैनिक २/३ म्यानपावरको फाइल मात्र आएको छ । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जान गत फागुन २९ अघि पुर्व स्वीकृति लिएका म्यानपावर कम्पनीहरुले आवेदन दिन सक्ने यसअघिनै बैदेशिक रोजगार बिभागले सूचना जारि गरेको अवस्था छ । तर श्रम कार्यालयमा केहि म्यानपावर मात्र श्रम लिन गएका छन् । अहिले सरकारले संस्थागत रुपमा विदेश पठाउन फागुन २९ गते अघि पुर्व स्वीकृति लिईसकेको भए सम्बन्धित देशको सम्बन्धित रोजगारदाताले दुतावास मार्फत नो अब्जेक्सन लेटर प्रमाणित गरेका छन् भने श्रम स्वीकृति पाउने छन् । 


कोरोना महामारीका कारण लामो समयदेखि बैदेशिक रोजगार ठप्प बनेको अवस्थामा भदौ १४ गते आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति समेत खूला गरेको थियो  । 

व्यक्तिगत रुपमा बैदेशिक रोजगारीमा जान भने रोजगारदाताले दुतावासमा नो अब्जेक्सन प्रमाणीकरण गरिराख्नु पर्दैन । सम्बन्धित रोजगारदाताले कामदारको भिषा, सम्झौता पत्र र नो अब्जेक्सन लेटर दिएमा श्रमस्वीकृति लिन सक्दछन्। त्यस्तै बिदामा आएकाहरुको हकमा पनि नो अब्जेक्सन लेटर दुतावासले प्रमाणित गर्नुपर्दैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य