२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा २५ मुलुकका नागरिकमाथि यात्रा प्रतिवन्ध (देशको सूचीसहित)

२०७७, २८ भाद्र आईतवार ०४:५५

भदौ २८, काठमाडौं । मलेसियाले विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । प्रवेश रोक लागेका मलेसियाको आप्रवासी कामदार श्रोत मुलुककारुपमा रहेका इण्डानेशिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेश रहेका छन् ।

मलेसियाले एक लाख पचास हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका २५ मुलुकका नागरिकहरुलाई गत हप्तादेखि यात्रा प्रतिवन्ध लगाएको हो । प्रतिवन्धको सूचीमा शनिबारसम्म ५३ हजार १ सय २० जना संक्रमित रहेको नेपालको नाम भने समवेश छैन ।

प्रतिवन्धको सूचीमा एक लाख ५० हजार भन्द बढी संक्रमित रहेका अमेरिका, ब्राजिल, इरान, रुस, बेलायतलगायतका मुलुक रहेका छन् । यात्रा प्रतिवन्ध लगाइएका मुलुकका कामदारसहित कोही पनि मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

मलेसियाले कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरिरहेको छ । मलेसियामा शनिबारसम्म जम्मा ९ हजार ८ सय ६८ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ सय २८ मात्र रहेको छ । संक्रमितमध्ये ९ हजार १ सय ८९ जना निको भइसकेका छन् । गम्भीर संक्रमितको संख्या जम्मा ९ रहेको छ । चीनबाट ठूलो संख्यामा पर्यटक भित्रिने मलेसियामा नेपालमा भन्दा पहिला कोरोना संक्रमित फेला परेको हो । त्यहाँ करिब ५ लाख नेपाली कार्यरत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण