२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका तीनवटा कम्पनीले श्रमिकले मलेसिया आउन तिरेको रकम फिर्ता गर्ने

३१ भाद्र २०७७, बुधबार १०:५२

भदौ ३१, काठमाडौं । मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीहरुले आप्रवासी श्रमिकको भर्नामा शुन्य लागतको नीति अवलम्वन गरिएको बताउँदै आएका छन् । शुन्य लागतको अर्थ कुनै पनि श्रमिक ति कम्पनीहरुमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था हो । श्रमिकको भर्ना प्रकृयाको सम्पूर्ण खर्च कम्पनीको नै जिम्मेवारी हुन्छ ।

टप ग्लोवले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुलाई उनीहरुसँग भर्ना प्रकृयामा कुनै शुल्क लिइएको छ वा छैन भन्ने विषयमा सोधपुछ गरिने जनाएको छ । टपग्लोवकी प्रवक्ताले त्यस्ता श्रमिकहरुलाई उनीहरु मलेसियाका लागि उड्नु अघि आफ्नै मुलुकमा हुँदा तथा मलेसिया आइपुगेपश्चात त्यस्तो जानकारी लिने गरिएको बताएकी छन् ।

यसैगरी हार्टालेगाले पनि आफ्नो कम्पनीमा रोजगारीका लागि आउन चाहने श्रमिकलाई भर्ना प्रकृया चलिरहँदा उनीहरुको भर्ना प्रकृयामा लाग्ने शुल्क कम्पनीले नै उपलव्ध गराउने भएका कारण कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारिने बताएको छ । हार्टालेगाले पनि श्रमिकलाई भर्ना शुल्क लिन नपाउने व्यवस्थालाई कडाई पूर्वक लागु गर्न श्रमिक मलेसिया आइसकेपश्चात पनि उनीहरुले भर्ना प्रकृयामा कुनै शुल्क तिर्नु परेको छ वा छैन भन्ने विषयमा जानकारी लिएर यकिन गर्ने गरिएको बताएको छ । रोजगारीको तीन महिना पश्चात पनि सोही प्रश्न श्रमिकलाई सोध्ने गरिएको सो कम्पनीले जनाएको छ ।

कोसानले पनि आफ्नो कम्पनीमा काम गर्ने आप्रवासी श्रमिकलाई मलेसिया आइपुगे पश्चात उनीहरुले भर्ना प्रकृयामा कुनै रकम तिर्नु परेको थियो वा थिएन भनेर धेरैपटक प्रश्न सोध्ने गरिएको जनाएको छ । यदि कसैले रकम तिर्नु परेको फेला परेमा कम्पनीले सो रकम फिर्ता गरिदिने गरेको जनाइएको छ । आफ्नो कम्पनीमा रोजगारीका लागि आउने श्रमिकसँग रकम असुल्ने कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्ध राखिरहन आफूहरु राजी नभएको सो कम्पनीले स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य