२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका तीनवटा कम्पनीले श्रमिकले मलेसिया आउन तिरेको रकम फिर्ता गर्ने

२०७७, ३१ भाद्र बुधबार १०:५२

भदौ ३१, काठमाडौं । मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीहरुले आप्रवासी श्रमिकको भर्नामा शुन्य लागतको नीति अवलम्वन गरिएको बताउँदै आएका छन् । शुन्य लागतको अर्थ कुनै पनि श्रमिक ति कम्पनीहरुमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था हो । श्रमिकको भर्ना प्रकृयाको सम्पूर्ण खर्च कम्पनीको नै जिम्मेवारी हुन्छ ।

टप ग्लोवले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुलाई उनीहरुसँग भर्ना प्रकृयामा कुनै शुल्क लिइएको छ वा छैन भन्ने विषयमा सोधपुछ गरिने जनाएको छ । टपग्लोवकी प्रवक्ताले त्यस्ता श्रमिकहरुलाई उनीहरु मलेसियाका लागि उड्नु अघि आफ्नै मुलुकमा हुँदा तथा मलेसिया आइपुगेपश्चात त्यस्तो जानकारी लिने गरिएको बताएकी छन् ।

यसैगरी हार्टालेगाले पनि आफ्नो कम्पनीमा रोजगारीका लागि आउन चाहने श्रमिकलाई भर्ना प्रकृया चलिरहँदा उनीहरुको भर्ना प्रकृयामा लाग्ने शुल्क कम्पनीले नै उपलव्ध गराउने भएका कारण कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारिने बताएको छ । हार्टालेगाले पनि श्रमिकलाई भर्ना शुल्क लिन नपाउने व्यवस्थालाई कडाई पूर्वक लागु गर्न श्रमिक मलेसिया आइसकेपश्चात पनि उनीहरुले भर्ना प्रकृयामा कुनै शुल्क तिर्नु परेको छ वा छैन भन्ने विषयमा जानकारी लिएर यकिन गर्ने गरिएको बताएको छ । रोजगारीको तीन महिना पश्चात पनि सोही प्रश्न श्रमिकलाई सोध्ने गरिएको सो कम्पनीले जनाएको छ ।

कोसानले पनि आफ्नो कम्पनीमा काम गर्ने आप्रवासी श्रमिकलाई मलेसिया आइपुगे पश्चात उनीहरुले भर्ना प्रकृयामा कुनै रकम तिर्नु परेको थियो वा थिएन भनेर धेरैपटक प्रश्न सोध्ने गरिएको जनाएको छ । यदि कसैले रकम तिर्नु परेको फेला परेमा कम्पनीले सो रकम फिर्ता गरिदिने गरेको जनाइएको छ । आफ्नो कम्पनीमा रोजगारीका लागि आउने श्रमिकसँग रकम असुल्ने कुनै पनि मेनपावर कम्पनीसँग सम्वन्ध राखिरहन आफूहरु राजी नभएको सो कम्पनीले स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण