२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीकै विच ७ हजार जनाले श्रम स्वीकृति लिए, कुन देशका लागि कति ?

१ आश्विन २०७७, बिहीबार ०९:५१

मनोज पराजुली । असोज १, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । करिव तीन महिनाको अवधिमा कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलले दिएको जानकारी अनुसार ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको छ  । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका छन्  । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । श्रम स्वीकृति लिएका मध्ये प्राय: पुन श्रमस्वीकृति लिनेको विवरण भएको ताहाचल कार्यालयले जनाएको छ । 

सरकारले नयाँ श्रम स्वीकृति पनि खोल्ने निर्णय गरेसंसंगै म्यानपावर कम्पनी तथा व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिने क्रम शुरु भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम सूचना अधिकारी  टिकामणि नेउपानेले साझा सबाललाई जानकारी दिए । उनका अनुसार हालसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या सय भन्दा कम छ । 

विभागले रोजगारदाता कम्पनीले कामदार लिने र सम्झौता अनुसारको सेवा सुबिधा दिने प्रतिवद्धतापत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार बिभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ । 

यसअघि नयाँ कामदारका लागि श्रम स्वीकृति खुल्लागर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले पूर्व तथा अन्तिम श्रम स्वीकृतिको लागि फाइल पेश गर्दा रोजगारदाताबाट हालै जारी भई नेपाली दुतवासबाट प्रमाणिकरण भएको सहमतिपत्र ( नो अब्जेक्सन लेटर) समेत पेश गर्नु पर्ने सूचना जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य