२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान-नेपाल बिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने

९ आश्विन २०७७, शुक्रबार ०९:५५

असोज ९, काठमाडौं । ओमानको सर्वोच्च समितिको निर्णयानुसार आगामी अक्टोवर-१ देखि ओमान अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने भएको छ । सोही उडानहरूबाट पि सि आर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी सहजरूपमा नेपाल जान सकिने ओमानस्थित नेपाली दुतावासले जनाएको छ ।

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम 

ओमानबाट सलाम एअरको ओभी ४२७ को सातौँ चार्टर उडानमार्फत ओमानबाट १ सय ७५ जना नेपालीहरू स्वदेश फर्किएका छन् । १ सय २९ पुरूष तथा ४६ महिला सहित १ सय ७५ जनालाई विमानस्थलमा पुगेर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि सफल यात्रा तथा आगामी सुखमय जीवनको लागि शुभकामना व्यक्त गगरेकी छिन् ।


उडान शुरू हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरूको ७२ घण्टाभित्रको कोभिड-१९ को पि सि आर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो। 

यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू, ‌ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यो उडानसँगै नेपाली दूतावास ओमानले कोभिड-१९ तथा नियमित हवाई उडान नभएको कारणले अलपत्र परेर नेपाली दूतावासमा सम्पर्क गरेकाहरूमध्ये ११ सय ७८ जना नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता भएका छन् । यस क्रममा सहयोग पुर्‍याउने नेपाल सरकारका विभिन्न कार्यालयहरू एवम् सम्बन्धित पदाधिकारीहरू, ओमान सरकारका विभिन्न कार्यालयहरू, सलाम एअरलाइन्स एवम् पदाधिकारीहरू, ओमानस्थित विभिन्न नेपाली संघ संस्थाहरू तथा सम्पूर्ण नेपालीहरूप्रति दूतावास कृतज्ञ व्यक्त गरेको छ।

यस सम्बन्धमा केही बुझ्न परेमा वा केही जिज्ञासा भएमा दूतावासको सम्पर्क नम्बरहरूः ७१५९२४९०/२४६९६१७७/२४६९६८८९३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा