२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान-नेपाल बिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने

२०७७, ९ आश्विन शुक्रबार ०९:५५

असोज ९, काठमाडौं । ओमानको सर्वोच्च समितिको निर्णयानुसार आगामी अक्टोवर-१ देखि ओमान अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपालबिच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने भएको छ । सोही उडानहरूबाट पि सि आर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी सहजरूपमा नेपाल जान सकिने ओमानस्थित नेपाली दुतावासले जनाएको छ ।

नेपाली राजदूतावास मस्कट, ओमानको संयोजनमा कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना बमोजिम 

ओमानबाट सलाम एअरको ओभी ४२७ को सातौँ चार्टर उडानमार्फत ओमानबाट १ सय ७५ जना नेपालीहरू स्वदेश फर्किएका छन् । १ सय २९ पुरूष तथा ४६ महिला सहित १ सय ७५ जनालाई विमानस्थलमा पुगेर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि सफल यात्रा तथा आगामी सुखमय जीवनको लागि शुभकामना व्यक्त गगरेकी छिन् ।


उडान शुरू हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरूको ७२ घण्टाभित्रको कोभिड-१९ को पि सि आर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो। 

यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासका द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका सदस्यहरू, ‌ओमानस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरू लगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्‌सेवी सदस्यहरूको उपस्थिति रहेको थियो।

यो उडानसँगै नेपाली दूतावास ओमानले कोभिड-१९ तथा नियमित हवाई उडान नभएको कारणले अलपत्र परेर नेपाली दूतावासमा सम्पर्क गरेकाहरूमध्ये ११ सय ७८ जना नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता भएका छन् । यस क्रममा सहयोग पुर्‍याउने नेपाल सरकारका विभिन्न कार्यालयहरू एवम् सम्बन्धित पदाधिकारीहरू, ओमान सरकारका विभिन्न कार्यालयहरू, सलाम एअरलाइन्स एवम् पदाधिकारीहरू, ओमानस्थित विभिन्न नेपाली संघ संस्थाहरू तथा सम्पूर्ण नेपालीहरूप्रति दूतावास कृतज्ञ व्यक्त गरेको छ।

यस सम्बन्धमा केही बुझ्न परेमा वा केही जिज्ञासा भएमा दूतावासको सम्पर्क नम्बरहरूः ७१५९२४९०/२४६९६१७७/२४६९६८८९३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण