२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जान पिसिआर महंगो, स्टार हस्पिटल एक्लैले अशुल्यो १३ दिनमा ६० लाख बढी

२०७७, ११ आश्विन आईतवार ०४:११

असोज ११, काठमाडौँ | सरकारले भदौ २८ गते पिसिआर शुल्क घटाएर २ हजार कायम गरेपनि निजी प्रयोगशालाहरुले शुल्क घटाएका छैनन् । बिहिबार र शुक्रबार गरिएको सरकारी अधिकारीहरुको अनुगमनको क्रममा बिभिन्न आठ निजी प्रयोगशालाले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर पिसिआर परीक्षण गराएको खुलेको छ । 

सरकारले भदौ २८ गते पिसिआर अशुल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशालाहरुले बिभिन्न बहाना बनाई ४ हजार भन्दा बढीसम्म शुल्क अशुली गरेको पाइएको छ । 

चर्को शुल्क लिने मध्ये ललितपुरको स्टार हस्पिटल प्रा.लि.मा बैदेशिक रोजगारमा जाने प्रयोजनमा धेरै नेपालीहरुले पिसिआर गराउने गरेका छन् । भदौ २८ गते यता स्टार हस्पिटलले मात्र ६ हजार ७ सय ८० जनाको कोरोना परीक्षण गराएको छ । उसले औशतमा दुई हजारको दरले सरकारले तोकेभन्दा बढी शुल्क लिँदा पनि पछिल्लो १३ दिनमा ६० लाख बढी अशुली गरेको छ । जुन शुल्क सरकारको निर्णयको विपक्षमा रहेर स्टार हस्पिटल एक्लैले उठाएको सबैभन्दा बढी अबैध अशुली हो । वैदेशिक रोजगारीको क्रममा विदामा आएकाहरुले विदेश जान अनिवार्य भएपछि प्राय गरेर स्टार हस्पिटलमा गएर कोरोनाको पिसिआर परीक्षण गराउने गरेका छन् । स्टार हस्पिटल लगायत बिभिन्न ८ निजी प्रयोगशालाले सरकारको कमजोरीको फाइदा लुट्दै तोकिएभन्दा बढी शुल्कमा परीक्षण गराउदै आएका छन् । 

ललितपुरको स्टार अस्पतालले ६ हजार ७ सय ८०, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टरले २ हजार ८ सय ६०, लाजिम्पाटको सुरिया हेल्थ केयरले २ हजार १ सय २, धुम्बाराहीको ह्याम्सले २ हजार ६ सय ५९, ललितपुर ग्वार्कोको बीएन्डबी अस्पतालले १ हजार ६८ र नख्खुको नेपाल मेडिसिटीले ६ सय ३ जनाको बढी शुल्कमा पीसीआर गरिसकेका छन् । त्यस्तै डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर सिनामंगलले ६ सय ३१ र थापाथलीको इन्टरपिड डायग्नोस्टिक सेन्टरले ९ सय ३३ जनाको बढी शुल्क लिएर पीसीआर गरेको पाइएको छ । 

यसैबीच स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय बैठकमार्फत शुक्रबार बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्मको कारबाही हुने निर्णय गरि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गृह मन्त्रालयलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण