२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायी संघले भन्यो ‘स्वदेश फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउने कार्य सहज गराउनु’

२०७७, १३ आश्विन मंगलवार ०९:४७

असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशबाट स्वदेश फर्कन चाहने श्रमिकहरुलाई फिर्ता ल्याउने कार्य सहज गराउन सरकारसंग अनुरोध गरेको छ । 

 संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै  विदेशमा नियमित हवाई उडान संचालन गरी स्वदेश फर्कन चाहनेलाई सहज तवरले हवाई टिकट उपलब्ध गराएर स्वदेश फिर्ति सहज  बनाउनको लागि सरकारसंग अनुरोध गरेका छन्  ।

वैदेशिक रोजगारीमा गएका तर कोभिड १९ को कारणले स्वदेश फर्कन सजिलै हवाई टिकट उपलब्ध नभएको, हवाई टिकट भाडा महङ्गो भएको, महङ्गो टिकट किन्ने हैसियत कामदार संग नभएको र उडान गर्ने एएरलाइन्सहरुले सरकारले तोकेको भन्दा वढि रकम लिने गरेको कुरा पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरुमा प्रकाशित भएको तथ्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूलाई अवगत भएकै होला विज्ञप्तिमा भनिएको छ 'तसर्थ विदेश स्थित कुटनैतिक नियोग संग कामदारको विवरण लिई हवाई उडान थप गरिे कामदार फर्काउनका लागी तय गरेको भाडाको अध्ययन गरि अहिलेको भन्दा सस्तो भाडा कायम गरि पाउन र बढि भाडा लिने ट्राभल कम्पनी तथा एएरलाइन्स  कम्पनीहरुलाई कारवाहि गरि पाउन माग गरिन्छ ।'

विदेशमा श्रमिकहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम कामदारले हवाई टिकट सहजरुपले नपाउदा ओभर स्टेमा परेको अवस्था रहेको संघले जनाएको छ । त्यस्ता समस्यामा परेका श्रमिकलाई वर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनुपर्ने, साथै कतिपय कामदारहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी विमानस्थलबाटै फर्किएको अवस्था रहेको संघले जनाएको छ । त्यस्तो अवस्थामा नेपाली श्रमिकलाई अझ मानसिक पीडा हुने गरेको संघले ठहर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण