२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभिन्न ४० देशमा रोजगारीको लागि जान श्रम स्वीकृति दिईयो, श्रम कार्यालय बन्द !

२०७७, १४ आश्विन बुधबार ०७:०३

असोज १४, काठमाडौँ | कोरोना महामारीको कारण केहि महिना ठप्प बनेको वैदेशिक रोजगारीमा पठाउन केहि सहज भएपछि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । त्यसो त नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जाने र आउनेको चाप पनि बिस्तारै बढ्न थालेको छ । 

बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार गत भाद्र महिनाभरी विदामा आएर ४० देशको लागि श्रम स्वीकृति लिईएको छ । बिभागको अनुसार महिनाभारी एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएकोमा सबैभन्दा बढी ८४२ जनाले युएई जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 


त्यस्तै युएई पछि सबैभन्दा बढी श्रम स्वीकृति कतार जानको लागि लिईएको छ । भदौ महिनाभर कतारको लागि २५७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो स्थानमा बहराइन जानको लागि ५६ जनाको श्रम स्वीकृति लिएका छन् । त्यसपछि क्रमश साउदीको लागि ५५ जना, रोमानिया जान ४९ जना, ओमान जान ४१ जना, माल्दिभ्स जान ३५ जना, मलेसिया जान ३३ जना र कुवेतको लागि २५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानको लागि १६ जना, साइप्रसको लागि १५ जना, पोल्याण्डको लागि १४ जनाले श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै पोर्तुगल जान १३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान जान १० जना, क्यानडा जान ८ जना, ब्रुनाई जान ७ जना, मकाउ र टर्की जान ६/६ जना, माल्टा जान ५ जना, चेक रिपब्लिक जान ४ जनाले श्रम स्वीकृति लिएका छन् । 


म्यानपावर मार्फत ४९ जनाले लिए स्वीकृति 

गत भदौ महिनाभर संस्थागत तबरबाट वैदेशिक रोजगारमा जान ४९ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । म्यानपावर मार्फत रोमानिया जान ४४ जना र टर्की जान ५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार बिभागले जनाएको छ । 

भदौमा आफ्नै प्रयासमा नयाँ श्रम स्वीकृति लिन जानेहरु ६७ जना रहेको छ, त्यस्तै एक हजार ३२७ जनाले विदामा आई पुन: रोजगारीमा जान पुन: श्रम-स्वीकृति लिएका छन् | 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति सेवा बन्द

वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले साझा सवाललाई जानकारी दिए । 

कार्यालयमा कार्यरत एक कर्मचारीलाई नै संक्रमण देखिएपछि सेवा दिन सक्ने अवस्था रहेन महानिर्देशक दाहालले भने '५०/६० जना कर्मचारी भएको ठाउँमा सबैलाई सर्न सक्छ, कतिलाई सरेको पनि हुनसक्छ त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा  बन्द गरेका छौं  ।'

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । असोज एक गतेसम्म कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण