२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिभिन्न ४० देशमा रोजगारीको लागि जान श्रम स्वीकृति दिईयो, श्रम कार्यालय बन्द !

१४ आश्विन २०७७, बुधबार ०७:०३

असोज १४, काठमाडौँ | कोरोना महामारीको कारण केहि महिना ठप्प बनेको वैदेशिक रोजगारीमा पठाउन केहि सहज भएपछि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । त्यसो त नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जाने र आउनेको चाप पनि बिस्तारै बढ्न थालेको छ । 

बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार गत भाद्र महिनाभरी विदामा आएर ४० देशको लागि श्रम स्वीकृति लिईएको छ । बिभागको अनुसार महिनाभारी एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएकोमा सबैभन्दा बढी ८४२ जनाले युएई जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 


त्यस्तै युएई पछि सबैभन्दा बढी श्रम स्वीकृति कतार जानको लागि लिईएको छ । भदौ महिनाभर कतारको लागि २५७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो स्थानमा बहराइन जानको लागि ५६ जनाको श्रम स्वीकृति लिएका छन् । त्यसपछि क्रमश साउदीको लागि ५५ जना, रोमानिया जान ४९ जना, ओमान जान ४१ जना, माल्दिभ्स जान ३५ जना, मलेसिया जान ३३ जना र कुवेतको लागि २५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानको लागि १६ जना, साइप्रसको लागि १५ जना, पोल्याण्डको लागि १४ जनाले श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै पोर्तुगल जान १३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै अफगानिस्तान जान १० जना, क्यानडा जान ८ जना, ब्रुनाई जान ७ जना, मकाउ र टर्की जान ६/६ जना, माल्टा जान ५ जना, चेक रिपब्लिक जान ४ जनाले श्रम स्वीकृति लिएका छन् । 


म्यानपावर मार्फत ४९ जनाले लिए स्वीकृति 

गत भदौ महिनाभर संस्थागत तबरबाट वैदेशिक रोजगारमा जान ४९ जनाले मात्र श्रम स्वीकृति लिएका छन् । म्यानपावर मार्फत रोमानिया जान ४४ जना र टर्की जान ५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार बिभागले जनाएको छ । 

भदौमा आफ्नै प्रयासमा नयाँ श्रम स्वीकृति लिन जानेहरु ६७ जना रहेको छ, त्यस्तै एक हजार ३२७ जनाले विदामा आई पुन: रोजगारीमा जान पुन: श्रम-स्वीकृति लिएका छन् | 

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति सेवा बन्द

वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले साझा सवाललाई जानकारी दिए । 

कार्यालयमा कार्यरत एक कर्मचारीलाई नै संक्रमण देखिएपछि सेवा दिन सक्ने अवस्था रहेन महानिर्देशक दाहालले भने '५०/६० जना कर्मचारी भएको ठाउँमा सबैलाई सर्न सक्छ, कतिलाई सरेको पनि हुनसक्छ त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा  बन्द गरेका छौं  ।'

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । असोज एक गतेसम्म कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा