२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बन्धक बनाई रकम असुल्ने श्रेष्ठ पक्राउ

१४ आश्विन २०७७, बुधबार ०७:२२

असोज १४, काठमाडौं । मलेसियामा बन्धक बनाएर रकम असुल गरेको आारोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ साबिक सुन्दरपुर स्थायी बसोबास भई हाल मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्‍चालन गर्दै आएका डेभिड भन्‍ने दुर्गाबहादुर श्रेष्ठ छन् । 

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको कान्ति बाल अस्पताल क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठसहितको टोलीले मलेसियामै काम गर्ने दाङका मध्म रैदासलाई अपहरण गरी ७ दिनसम्म बन्धक बनाई उनकी पत्‍नीलाई मलेसियाका विभिन्‍न नम्बरबाट फोन गरी धम्की दिने गरेको थियो । 

डेभिड भन्‍ने दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको बैंक खातामा मलेसियन ६० हजार रिङगेट हाले मात्रै पतिको ज्यान बच्‍ने भन्दै धम्की दिएको पाइएको सीआईबीका प्रमुख (डीआईजी) सहकुल थापाले जानकारी दिए । थापाका अनुसार पीडितकी पत्‍नीले  फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ श्रेष्ठको खातामा पटक-पटक जम्मा गरेपछि मात्र अपहरित व्यक्ति अपहरण मुक्त भएका थिए । 

उनीहरुले मध्म रैदासको राहदानी आफ्नो कब्जामा लिई नेपाल आउन दिएका थिएनन् । डेभिड भनिने दुर्गाबहादुर अहिले नेपाल आएको भन्‍ने सूचनाका आधारमा ब्‍युरोको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा