२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सुरक्षा गार्डप्रति मलेसिया असन्तुष्ट

१५ आश्विन २०७७, बिहीबार १५:०५

असोज १५, काठमाडौँ | मलेसिया नेपाली सुरक्षा गार्डप्रति असन्तुष्ट देखिएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सुरक्षा गार्डको रुपमा मलेसिया आइपुग्ने मध्ये कतिपय नेपाली तालिम प्राप्त समेत नहुने गरेको बताएका छन् ।

“उनीहरु गोर्खा होइनन् र सुरक्षा गार्डको काममा आउने मध्ये कतिपय उपयुक्त समेत हुँदैनन्” मन्त्री शरभनानले भने “उनीहरु सामान्य नेपाली श्रमिक हुन् जसले सुरक्षा गार्डको रुपमा गर्नुपर्ने काम गर्न सक्दैनन् ।” मलेसियाको अनलाइन द स्टारका अनुसार मानव संशाधन मन्त्रीले मलेसियालाई व्यवसायीक सुरक्षा गार्डको आवश्यकता रहेको भन्दै नेपालबाट त्यो अपेक्षा अनुसारका सुरक्षा गार्डहरु प्राप्त नभएको बताएका छन् ।

मन्त्री शरभनानले बैंक तथा गहना पसलहरुले गार्डको काममा लिने गरेका स्थानीय व्यक्तिहरु अझ अनुपयुक्त हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मलेसियाको सुरक्षा क्षेत्रमा सुधार चाहेको भन्दै सोही अनुरुपका श्रमिक हुन आवश्यक रहेको बताएका छन् । मन्त्री शरभनानले मलेसियामा ४० बर्षमा अवकास पाउने सुरक्षाकर्मीहरुलाई सुरक्षा गार्डको रुपमा प्रयोग गर्न सके यसले सुरक्षा व्यवस्था बलियो हुने भन्दै यस विषयमा रक्षा मन्त्रालयसँग कुराकानी गर्ने समेत बताएको समाचारमा जनाइएको छ । यसले विदेशी श्रमिकप्रतिको निर्भरता कम हुने र सुरक्षा व्यवस्था पनि बलियो हुने उनको भनाई छ ।

रोजगारदाताहरुलाई पनि विदेशी श्रमिक कटौति गर्दै स्थानीय व्यक्तिलाई नै रोजगारीमा आकर्षित गर्ने खालको तलव सुविधा उपलव्ध गराउन पनि उनले आग्रह गरे । यसले व्यवसायीकता अभिवृद्धि हुने र सुरक्षा मजबुत हुने उनको तर्क थियो ।

मलेसियामा हाल नेपालीलाई मात्र सुरक्षा गार्डको रुपमा लिने गरिएको छ । यसअगाडी पनि मलेसियाले तालिम समेत राम्रो नदिई श्रमिक पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । नेपालीको विकल्पका रुपमा श्रीलंकाबाट समेत सुरक्षा गार्डका रुपमा श्रमिक भित्रियाउने प्रयत्न यसअगाडी नै गरिसकेको मलेसियाले पुनः नेपाली सुरक्षा गार्डको दक्षतामा प्रश्न उठाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा