२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

१८ आश्विन २०७७, आईतवार ०७:०४

असोज १८, काठमाडौँ | विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट  विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । 

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको  ज्यान गएको छ ।  समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ । 

यस साता स्पेन, भारत, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।  

यस्तै नेपालमा मात्र ८४ हजार ५७० जना कोरोना भाइरसबाट सङ्क्रमित तथा ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।  

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये  एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये  ९८ हजार ६५६  कोरोना भाइरसबाट मुक्त भएका छन् । 

 सङ्घको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डा सापकोटाले कोरोना सङ्क्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा  सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गर्नुभएको छ । उहाँले कोरोना सङ्क्रमणको आशङ्का  लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध  गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा