२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताहचल कार्यालयबाट सोमवार देखि श्रम स्वीकृति लिन पाइने

२०७७, १८ आश्विन आईतवार १०:१९

असोज १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमवार देखि श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राखी १९ गते सोमबार बाट सावधानीपूर्वक सिमित सेवा संचालन गरिन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि नेउपानेले साझा सबाललाई जानकारी दिए  ।

कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारबाट बन्द गरिएको थियो । सबै कर्मचारीको पिसिआर परीक्षण गरिएको छ रिपोर्ट आउँ बाँकि छ नेउपानेले भने 'हाललाई अत्याश्यक भएकालाई प्राथमिकता दिनेगरी सिमित सेवा दिन लागिएको हो, कर्मचारीहरुको पिसिआर रिपोर्ट आएपछि थप के गर्ने निर्णय हुनेछ । 

सेवाग्रहीहरुले सामाजिक दूरी का साथै स्वास्थ्य सम्बन्धी सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गरी सहयोग गर्न उनले अनुरोध गरेका छन् । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको उनले बताए । तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन समेत कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण