४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा ठगी गर्ने कारागार चलान

१८ आश्विन २०७७, आईतवार १५:३३

असोज १८, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौँ जिल्ला अदालतले आज कारागार चलान गरेको हो । 

विसं २०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी गरेको प्रमाणित गरी उनलाई एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवानाको आदेश दिएको थियो । त्यसपछि उनी फरार थिए । 

उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शुक्रबार काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरेको र आज फैसला कार्यान्वयनका लागि काठमाडाँैमा जिल्ला अदालतमा पेश गरेको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

शनिबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको बताइएको छ । सोही घटनामा संलग्न अर्का एक जनालाई पनि आज साँझ पक्राउ गरिएको छ । उनलाई सोमबार अदालतमा पेश गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ