२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको नेपाली दूतावासले नेपालीहरुलाई अनलाइन परामर्श दिने

२०७७, २५ आश्विन आईतवार १४:०५

असोज २५, सिउल । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ । यहाँ रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालगायतलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा अन्य मुलुकमा रहनुभएका विज्ञद्वारा परामर्श तथा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको हो ।   

एनआरएनए कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाली विद्यार्थी समाजलगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो परामर्श कक्षा सञ्चालन हुनेछ ।

पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, दोस्रो हप्ता महामारीबाट बच्न खानपान र जीवनशैली, तेस्रो हप्ता पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता, चौथो हप्ता मानसिक स्वास्थ्य, पाँचौं हप्ता तनाव व्यवस्थापन र छैटौं हप्ता खुसीपूर्वक जिउने कलाका बारेमा सिकाइने प्रशिक्षण दिइने छ । त्यस्तै सातौँ हप्ता स्वास्थ्य र साधना, आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व, नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशीलताका लागि सरकारी नीति, दशौँ हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरू, एघारौँ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र १२ औँ हप्ता घर फिर्ती तयारीका बारेमा कक्षा सञ्चालन गरिने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण