यूएईमा नेपाली कामदारहरुले जरिवाना छुट पाए, आजै नेपाल फर्किए

Posted on: 11 Oct, 2020

असोज २५, युएई । युएईमा १७ जना नेपालीले करिब १९ लाख रुपैयाँ जरिवाना छुट पाएका छन्  । उनीहरुको जरिवाना छुटको पहल नेपाली दूतावास अबुधाबीले गरेको हो ।

दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत उनीहरुले जरिवाना तिर्न नसकेर नेपाल फर्किन पाएका थिएनन् । उनिहरु गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बसेका थिए । जसको कारण ओभरस्टे स्वरुप युएई दिराम ६० हजार तिर्न पर्ने थियो । 

उनीहरुको नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरि उक्त जरिवाना माफी गरिदिएको जनाएको छ । उनिहरुले काम गरेको कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३५८ जना नेपाली रोजगारविहिन भएको र उनिहरुलाई दूतावासको पहलमा कम्पनीमार्फत हवाई टिकट उपलब्ध गराइएको र नेपाली समाज युएई र दुतावासको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पीसीआर गराइएको हो ।

उनीहरू आजको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!