४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किने मध्ये सवैभन्दा धेरै युएईबाट फर्किए, अरु कुन देशबाट कति ?

२६ आश्विन २०७७, सोमबार १४:३३

असोज २६, काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख २ हजार ४ सय ३६ जना नेपालीलाई उद्धार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा बढी २९ हजार ४३२ जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी अरेवियाबाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् ।

हालसम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६ रहेका छन् । र, सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।

अफ्रिकी मुलुक सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

कुन प्रदेशमा कति उद्धार ?

स्वदेश उद्धार गरिएका सबैभन्दा वागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशबाट १८ हजार ७२३ जनाको उद्वार गरिएको छ ।दोस्रोमा प्रदेश नम्बर १ बाट १५ हजार ५३२ जनाको उद्वार गरिएमा तेस्रोमा प्रदेश नम्बर २ बाट १३ हजार १४६ जनाको उद्वार गरिएको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा कम स्वदेश फर्किएको पाइएको छ । कर्णालीबाट १६ सय १ जनाको उद्वार गरिएको सिसिएमसिले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट १२ हजार ५०६ र सूदुरपश्चिम प्रदेशबाट १८ सय ३० जना स्वदेश फर्किएका छन् । यसको साथै प्रदेशगत विवरण प्राप्त नभएको संख्या २९ हजार ३९७ रहेको सिसिएमसिले बताएको छ ।

हाल क्वारेन्टाइनमा कति ?

विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारेन्टाइनमा बस्नेक्रम जारी छ । होटल क्वारेनटाईनमा १२ हजार १०३ जना बसेका छन् । होम क्वारेनटाइनमा ७ हजार ६७८ जना र लोकल क्वारेनटाइनमा ४ हजार ८६५ जना रहेको सिसिएमसिले जनाएको छ । अस्पतालमा ६७ जना र अन्य ठाउमा ७८० जना रहेको बताइएको छ । यो समाचार गोरखापत्रमा छापिएको छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ