२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा पुनः आवागमन प्रतिबन्ध आदेश

२८ आश्विन २०७७, बुधबार ०५:१८

असोज २८, काठमाडौं । मलेसियामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि केहि  शहरमा पुनः आवागमन प्रतिबन्ध आदेश जारी भएको छ । 

मलेसियामा स्थानीय समय सोमबार राति १२ बजेदेखि लागू हुने गरी राजधानी क्वालालम्पुर, प्रमुख प्रशासनिक क्षेत्र पुत्राजया, राजधानीको छिमेकी शहर सेलङ्गोर र सवाहमा आवागमन नियन्त्रण आदेश जारी भएको हो । यी क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयहरु पनि बन्द भएका छन् ।

मंगलवार ६ सय ६० जना संक्रममित फेला परेको मलेसियामा हालसम्म संक्रमितको संख्या १६ हजार ८ सय नाघेको छ । आवागमन निषेध आदेश जारी गरिएका क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँ जान पाइने छैन । अस्पताललगायतका अत्यावश्यक सेवाका लागि जानु परेमा प्रहरीको अनुमति लिनु पर्ने छ ।

स्वदेशीसहित आप्रवासी कामदारहरु भने साथमा परिचयपत्र राखेर एक ठाउँदेखि अर्को ठाउँ जान पाउने दि स्टार अनलाइनले जनाएको छ । पछिल्लो आवागमन नियन्त्रण आदेश अक्टोबर २७ तारेखसम्म जारी रहने बताएइको छ । मलेसियामा मार्च १८ बाट लागू भएको आवागमन आदेश जुन ६ पछि खुला भएको थियो । त्यसपछि औद्योगिक प्रतिष्ठान तथा व्यापारिक मलहरु खुला भएको थियो ।

त्यस्तै विद्यालयहरु पनि दुई हप्ताका लागि बन्द भएका छन् । प्रधानमन्त्री मुहद्धिन यासिनले जनताको जीवन रक्षाका लागि दोश्रो पटक आवागमन नियन्त्रण आदेश जारी गर्नुपरेको बताएका छन् । 

नेपालकै हाराहारीमा जनसंख्या रहेको मलेसियाले लामो समयदेखि कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा राखेको छ । मलेसियामा कुल संक्रमितमध्ये ११ हजार ३ सय ७२ जना निको भइसकेका छन् भने १ सय ६३ जनाको ज्यान गएको छ । कोरानो संक्रमणको बीचमा पनि उत्पादन तथा निर्माण क्षेत्रलाई सञ्चालन गरिरहेको मलेसियाले कोरोना संक्रमणलाई रोक्न विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । 

एक लाख पचास हजारभन्दा बढी कोरोना संक्रमित भएका २५ मुलुकका नागरिकहरुलाई यात्रा प्रतिवन्ध लगाएको मलेसियाले करिब सवा लाख संक्रमित रहेको नेपाललाई भने यात्रा प्रतिबन्धको सूचीमा समवेश गरेको छैन । यात्रा प्रतिवन्ध लगाइएका मुलुकका कामदारसहित कोही पनि मलेसिया प्रवेश गर्न पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा