२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईद्वारा भिजिट भिषामा कडाई, यस्तो छ नयाँ व्यवस्था

२०७७, १ कार्तिक शनिबार ०६:५२

कार्त्तिक १, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपालबाट भिजिट भिषा (पर्यटक भिषा) मा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई उधृत गर्दै स्थानीय सञ्चार माध्ममा समाचार प्रकाशित भएको छ ।

गल्फ न्यूजका अनुसार सयौं व्यक्ति दुवई एयरपोर्टमा अलपत्र परेपछि नयाँ व्यवस्था लगाइएको हो । पाकिस्तान तथा भारतबाट युएई आएका सयौ व्यक्ति कोभिड १९ सम्वन्धी आवश्यक कागजात विना नै आएका भन्दै विमानस्थलमा नै रोकिएका छन् । उनीहरुलाई स्वदेश फर्काउन थालिएको छ ।

यसैगरी भिजिट भिषामा युएई आउनेहरुसँग कम्तिमा २ हजार दिरहम साथमा हुनुपर्ने नियम समेत लगाइएको छ । नयाँ व्यवस्था अनुसार नेपाल लगायतका ति मुलुकबाट भिजिट भिषामा युएई आउनेहरुसँग दुईतर्फी हवाई टिकट साथमा हुनुपर्नेछ । यदि कुनै व्यक्तिले युएई प्रवेशको अनुमति प्राप्त गर्न नसकेमा उसलाई सम्वन्धीत व्यक्ति आएकै मुलुक फिर्ता लैजाने दायित्व सम्वन्धीत विमान कम्पनीको नै हुने जनाइएको छ ।

नेपालले यस अघि देखि नै भिजिट भिषामा जानेहरुसँग दुई तर्फी टिकट हुनुपर्ने व्यवस्था लागु गर्दै आएको छ । तर पनि आकर्षक रोजगारीको अपेक्षामा तथा युएई हुँदै अन्य मुलुक जान चाहनेहरु भिजिट भिषामा जाने गरेका छन् । भिजिट भिषाको नाममा हुने मानव तस्करी रोक्न विभिन्न समयमा आवाज उठ्दै र केहि प्रयत्न हुँदै आएको भएपनि यो रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण