४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईद्वारा भिजिट भिषामा कडाई, यस्तो छ नयाँ व्यवस्था

१ कार्तिक २०७७, शनिबार ०६:५२

कार्त्तिक १, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले नेपालबाट भिजिट भिषा (पर्यटक भिषा) मा आउनेहरुका लागि नयाँ व्यवस्था गरेको छ । नेपालसँगै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट युएई आउनेहरुका लागि नयाँ व्यवस्था अवलम्वन गर्न आफूहरुले निर्देशन प्राप्त गरेको हवाई कम्पनीहरु तथा ट्राभल एजेण्टहरुलाई उधृत गर्दै स्थानीय सञ्चार माध्ममा समाचार प्रकाशित भएको छ ।

गल्फ न्यूजका अनुसार सयौं व्यक्ति दुवई एयरपोर्टमा अलपत्र परेपछि नयाँ व्यवस्था लगाइएको हो । पाकिस्तान तथा भारतबाट युएई आएका सयौ व्यक्ति कोभिड १९ सम्वन्धी आवश्यक कागजात विना नै आएका भन्दै विमानस्थलमा नै रोकिएका छन् । उनीहरुलाई स्वदेश फर्काउन थालिएको छ ।

यसैगरी भिजिट भिषामा युएई आउनेहरुसँग कम्तिमा २ हजार दिरहम साथमा हुनुपर्ने नियम समेत लगाइएको छ । नयाँ व्यवस्था अनुसार नेपाल लगायतका ति मुलुकबाट भिजिट भिषामा युएई आउनेहरुसँग दुईतर्फी हवाई टिकट साथमा हुनुपर्नेछ । यदि कुनै व्यक्तिले युएई प्रवेशको अनुमति प्राप्त गर्न नसकेमा उसलाई सम्वन्धीत व्यक्ति आएकै मुलुक फिर्ता लैजाने दायित्व सम्वन्धीत विमान कम्पनीको नै हुने जनाइएको छ ।

नेपालले यस अघि देखि नै भिजिट भिषामा जानेहरुसँग दुई तर्फी टिकट हुनुपर्ने व्यवस्था लागु गर्दै आएको छ । तर पनि आकर्षक रोजगारीको अपेक्षामा तथा युएई हुँदै अन्य मुलुक जान चाहनेहरु भिजिट भिषामा जाने गरेका छन् । भिजिट भिषाको नाममा हुने मानव तस्करी रोक्न विभिन्न समयमा आवाज उठ्दै र केहि प्रयत्न हुँदै आएको भएपनि यो रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ