२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको प्रलोभनमा सरकारी कर्मचारी ठगिए, ठगेपछि यस्तो धम्कि !

२०७७, २ कार्तिक आईतवार ०४:१४

अनिल अधिकारी | कात्तिक २, काठमाडौँ | वैदेशिक रोजगारमा व्यक्तिगत ठगिका उजुरी बढ्दै गर्दा एउटा फरक घटना भेटिएको छ । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाउने प्रलोभनमा परि एकजना बहालवाला सुरक्षाकर्मीले प्रमाण सहित आफू ठगिएको गुनाशो गरेका छन् । 

दुई बर्षअघि एकजना साथी मार्फत पोल्याण्ड जान पाउने आशामा एक एजेन्टलाई १ लाख  रुपयाँ अग्रिम बुझाएका एक सुरक्षाकर्मी ठगिएका हुन् । उनले दिएको सूचनाको आधारमा उनको नाम गोप्य राखिएको छ । आफै सरकारी कर्मचारी भएर वैदेशिक रोजगारीमा जान प्रयास गरेको कारण आफैलाई कारवाही हुने हो कि भन्ने उनलाई डर देखाइएको छ । यही डर देखाएर एजेन्टले अरु सरकारी कर्मचारीलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

पिडितले साझा सबाल मिडियाको सुझावका आधारमा दशैंपछि वैदेशिक रोजगार विभागमा उजुरी दिने तयारी गरेका छन् । पिडितले गुनाशो गरे 'पोल्याण्ड पठाउने भन्दै पैसा लियो, अहिले पैसा माग्दा सिधै दिन्न भन्छ, आफूलाई उजुरी दिँदा उल्टै आफैलाई मुद्दा लाग्ने धम्कि दिन्छ ।' पीडितले सुनाए -'एजेन्टले सरकारी बहालवाला कर्मचारीले वैदेशिक रोजगारको लागि किन आवेदन दिएको ? भन्दै उल्टो आफैलाई मुद्दा लाग्ने धम्कि दिएको छ ।' पिडितले भने 'उसले सरकारी बहालवालालाई हुँदै नभएको प्रलोभनमा पारेर यसैगरि पैसा अशुली गर्ने धन्दा चलाएको रहेछ । पैसा फिर्ता माग्दा एजेन्टले उल्टो आफैलाई मुद्दा हालिदिने धम्कि दिएको छ ।' 

पिडितले प्रमाण चाहिन्छ भन्ने बुझेर पैसा बुझाएको प्रमाण समेत राखेका छन् । पिडितले सम्बन्धित एजेन्टलाई पैसा बुझाउदा निकै सावधानी अपनाएका छन् । वैदेशिक रोजगार प्रयोजनका लागि पैसा लिएको प्रमाणित गर्न उनले पैसा बुझाएको बैंक रसिदमै 'Deposit for foreign employment purpose (Poland)' लेखेका छन् ।


यसरी प्रयोजन खुलाई वैदेशिक रोजगारीमा जाने क्रममा पैसा बुझाउदा पछि कुनै धोका भए उजुरी दिन सहज हुने आफूलाई जानकारी रहेको उनले बताए । आफू सरकारी बहालवाला कर्मचारी रहेको कारण पिडित बनेको दुई बर्ष बितिसक्दा पनि उजुरी दिन नसकेको उनले बताए । पिडितले आफ्नो समस्याबारे अर्का एकजना वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका एजेन्टसँग बुझ्दा उनले समेत आफैलाई मुद्धा लाग्न सक्ने भन्दै डर देखाएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण