२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीमै १५ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ?

२०७७, २ कार्तिक आईतवार ०७:४८

मनोज पराजुली । कार्त्तिक २, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको विच पनि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने क्रम बढ्दै गएको छ । गत असार, साउन र भदौमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरु न्यून संख्यामा भएपनि असोज महिनामा भने उक्त संख्या दोब्बर भन्दा बढीले बढेको हो ।

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । करिव चार महिनाको अवधिमा (असोज ३० सम्म )१५ हजार ५ सय २५ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोज महिनामा मात्रै ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा २ हजार ४ सय ९४, साउनमा २ हजार ९ सय ७९ जना र भदौमा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए ।

ताहाचल कार्यालयले असोज एक गतेदेखि ३० गतेसम्म ७ हजार ६ सय ७६ पुरुष र ४ सय २१ महिलाहरुलाई श्रम स्वीकृति प्रदान गरेको छ । वैदेशिक रोजगार कार्यालयका अनुसार ४ हजार ५०५ जनाले पुन श्रम स्वीकृति, ४ सय १ जनाले वैधानिकरण गरेर र ५ सय १६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएका छन्  ।

असोज महिनामा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै साउदी अरबका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेसिया, कुवेत, जापान जानका लागि श्रम स्वीकृति लिएका छन् । 

असोजमा २ हजार ६ सय ५१ कामदार यूएई जना श्रम स्वीकृति लिएका छन् । त्यसमा महिला कामदारको संख्या २ सय २५ रहेको छ । साउदी अरेवियामा ४ जना महिलासहित २ हजार ८ सय ३१ जना, कतार जान श्रम स्वीकृति लिने संख्या १२ महिलासहित १ हजार ३ सय ५१ जना, युरोपिय मुलुक क्रोएसिया जान ३४ महिलासहति १ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै अफगानिस्तान ७३ जना, बहराइनमा ७ महिलासहित १ सय १३ जना, इजिप्टमा ३० जना, २ महिलासहित जापानमा ६३ जना, ११ महिलासहित कुवेतमा १ सय ३ जना, २ महिलासहित मलेसियामा पनि १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् ।

२३ जना महिलासहित माल्दिभ्समा १ सय ६ जना, ५ जना महिलासहित ओमानमा १ सय ६ जना, पोल्याण्ड र पोर्चुगलमा क्रमशः ३८ र ३६ जना गएका छन् । त्यस्तै ७१ जना महिलासहित टर्कीमा १ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत भदौ ३१ सम्म ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको थियो । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए  । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । 

कार्यालयले रोजगारदाता कम्पनीले करार सम्झौता अनुसारको तलव तथा सेवा सुविधा दिने लिखित प्रतिबद्धतापत्र जनाई सम्वन्धित मुलुकको नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल पठाएमा श्रम स्वीकृति दिने गरेको छ । कार्यालयका अनुसार व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर ३२ देश, वैधानिकरण गरेर ३० देश र पुन: श्रम स्वीकृति लिएर विश्वका विभिन्न ३० देशका लागि श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत, वैधानिकरण गरेर, पुन: श्रम स्वीकृति लिएर विदेश जाने क्रम बढेपनि अझै पनि संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान सहझ अवस्था रहेको छैन । विदेशस्थितत नेपाली दुतावासहरुले अझैपनि मागपत्र प्रमाणीकरण सेवा शुरु गरेका छैनन् । 

असोज महिनामा श्रम स्वीकृति लिनेहरुको देशगत विवरण

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण