२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र ओमान बीच कुटनीतिक लगायतको राहदानी वाहकलाई प्रवेशाज्ञामा छुट दिने सम्झौता

४ कार्तिक २०७७, मंगलवार ०६:२७

कार्त्तिक ४, काठमाडौं । नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ। सोमवार ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो। 

उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मिति देखि ९० दिनसम्म प्रवेशाज्ञा नलिकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन्।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने दूतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।


यसैगरी पछिल्लो समयमा ओमान अन्तराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भैरहेको सन्दर्भमा श्रम लगायत अन्य विविध गतिविधिहरूका लागि ओमानमा हुने भ्रमणहरूमा समेत सो सम्झौताले सहजीकरण गर्ने विज्ञप्तीमा जनाइएको छ।

हस्ताक्षर कार्यक्रम पश्चात आ आफ्नो धारणा साटासाट गर्दै प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिए । सो अवसरमा उनीहरुले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गरे ।

यसैगरी छलफलमा द्विपक्षीय लगानी प्रबर्द्बन, पर्यटन प्रवद्र्धन एवम् आपसी हितका विषयहरू पनि समावेश भएको विज्ञप्तीमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य