४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका महानिर्देशकलाई प्रस्ताव ‘अर्को कुलमान बन्नुछ सर तपाईले !’ (भिडियो)

५ कार्तिक २०७७, बुधबार १५:११

कात्तिक ५, काठमाडौँ | वैदेशिक रोजगारमा ठगि र बेथिति कायम रहेको आम जनगुनाशो रहिरहेको बेला यो क्षेत्रको सुधारको अपेक्षा गरिएको छ । नेपाली युवाहरुको बाध्यता बनेको वैदेशिक रोजगार क्षेत्रमा सरकारी तवरबाट हुनुपर्ने प्रयासहरु कानुनमा मात्र सिमित रहेको अवस्था छ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा सुधारका धेरै प्याकेज ल्याएको अवस्था रहेपनि कार्यान्वयनको पाटोमा प्रयाप्त प्रयासहरु नभएको गुनाशो गरिएको छ ।

आफ्नो देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुले विदेश जाने क्रममा बिभिन्न नाममा चर्को शुल्क तिर्नुपर्ने बाध्यता त छ नै, त्यसमा पनि विदेश गएर तोकिएजस्तो सेवा-सुविधा नपाउने, ठगिमा पर्ने, श्रम सोषण हुने, मानवतस्करको फन्दामा पर्ने, विदेशमा पुर्याएर बिचल्लीमा पार्ने जस्ता कयौं समस्याहरु व्याप्त छन् । 

सरकारले वैदेशिक रोजगारमा एजेन्ट व्यावस्था खारेज गरेको अवस्था भए पनि झनै एजेन्टहरुको सक्रियत बढेको अवस्था छ । जसबाट भए/नभएको प्रलोभनमा परेर युवाहरु ठगिईरहेका छन् । साथै पैसाको लोभमा एजेन्ट-एजेन्टको हातमा परेर भविष्यमा आईपर्ने समस्याको जिम्मेवारी आफ्नै टाउकोमा थोपरिने समस्या छ । सरकारले वैदेशिक रोजगारमा खाडी सहित मलेसिया जान १० हजार र अन्य देशमा जान बढीमा १ लाख मात्र तोकेको अवस्थामा सोको १० औं गुणासम्म अशुली भईरहेको छ । जुन अशुली रकम सरकारको आँखामा बेरुजु छ । जसको कारण वर्षेनी अरवौं रकम रोजगारको नाममा विदेशी एजेन्टको हातमा पुगेको छ । यस विषयमा सरकारले बुझेर पनि अनदेखा गरेको आरोप लगाइएको छ ।

'अर्को कुलमान बन्नुछ सर तपाइँले !' 

वैदेशिक रोजगारमा पठाउने भन्दै सामाजिक संजालमा व्यापक भ्रामक बिज्ञापनहरु आएपछि वैदेशिक रोजगार बिभागले एक दर्जन बढी व्यक्तिहरुलाई पक्राउ गर्न आदेश दिएको छ । कोरोनाको कहर वीच म्यानपावर कम्पनीहरुमा वैदेशिक रोजगारको बिज्ञापनहरु नआएको तथा फागुन २९ पछिमा नयाँ डिमाण्डमा सरकारले श्रम स्वीकृति नदिएको अवस्था छ । यसै अवसरलाई मौका छोपी युरोप लगायत देशमा पठाउने भन्दै व्यक्तिगत रुपमा फेसबुकमा भए नभएको बिज्ञापन दिएर हजारौँसँग अशुली भएपछि वैदेशिक रोजगार बिभागले एक्सन लिएको छ । वैदेशिक रोजगार बिभागले एकै दिन अनाधिकृत रुपमा फेसबुकमा विज्ञापन दिएर भ्रमपूर्ण विज्ञापन गर्ने दर्जन भन्दा बढीलाई कारवाहीको लागि प्रक्रिया अघि बढाएको छ । 


यसै क्रममा फेसबुकमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दहालले एक्सन लिदैगर्दाको भिडियो भाइरल भएको छ । भिडियोमा केहि घण्टामै सयौं प्रतिक्रिया आएका छन् । एकजनाले प्रतिक्रिया दिदै लेखेका छन् 'कुलमान जस्तै हिरो हुन मन छ भने गर्ने ठाउँ भनेकै यहि हो सर, देखदा खेरि जोस जागर सारै मन पर्यो, त्यसैले सेएर गरेको । बैदेशिक रोजगारको निर्देशक को रैछ भन्ने नहोस्, मुख-मुखमा तपाईंको नाम आउँछ । … अर्को कुलमान बन्नु छ तपाईले ।' 

प्रतिक्रिया दिने व्यक्तिले जे लेखेका छन् । त्यसले आम युवाहरुले बिभिन्न सरकारी निकायमा भएको बेथिति रोक्न कुलमान जस्तै नेतृत्वको खोजि गरेका छन् भन्ने प्रष्ट हुन्छ । बेथितिको हिसावले कुरा गर्ने हो भने वैदेशिक रोजगारीमा भएको बेथितिको प्रभाव विद्युत प्राधिकरणको लोडसेडीङ ताका भएको बेथिति भन्दा कम छैन । वैदेशिक रोजगारको क्षेत्रलाई बेथिति मुक्त बनाउन सक्ने हो भने वर्षेनी अरवौं रकम विदेश जानबाट रोक्न सकिनुको साथै लाखौँ युवाहरुलाई चर्को लागतमा वैदेशिक रोजगारमा जानपर्ने बाध्यतालाई रोक्न सकिन्छ । यसका लागि वैदेशिक रोजगार क्षेत्र सुधारको लागि सरकारले ल्याएको नीति कार्यान्वयन गर्न जरुरी छ । सरकारले ल्याएको नीति अनुसार एजेन्ट मुक्त वैदेशिक रोजगारको नीति र लागत सम्बन्धि नीति कार्यान्वयन मुख्य मानिएको छ । म्यानपावर व्यवसायीले सरकारले तोकेको लागतमा बैदेशिक रोजगारमा पठाउन सम्भव नदेखिएको बताउदै आएको अवस्थामा लागत खर्च पारदर्शी बनाउन व्यवसायीको मागलाई मध्यनजर गरेर कानुन संसोधन गर्ने वा सरकारले हाल लिएको नीतिलाई कडाईका साथ लागू गर्ने विकल्प छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ