२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागका महानिर्देशकलाई प्रस्ताव ‘अर्को कुलमान बन्नुछ सर तपाईले !’ (भिडियो)

२०७७, ५ कार्तिक बुधबार १५:११

कात्तिक ५, काठमाडौँ | वैदेशिक रोजगारमा ठगि र बेथिति कायम रहेको आम जनगुनाशो रहिरहेको बेला यो क्षेत्रको सुधारको अपेक्षा गरिएको छ । नेपाली युवाहरुको बाध्यता बनेको वैदेशिक रोजगार क्षेत्रमा सरकारी तवरबाट हुनुपर्ने प्रयासहरु कानुनमा मात्र सिमित रहेको अवस्था छ । सरकारले वैदेशिक रोजगार क्षेत्रमा सुधारका धेरै प्याकेज ल्याएको अवस्था रहेपनि कार्यान्वयनको पाटोमा प्रयाप्त प्रयासहरु नभएको गुनाशो गरिएको छ ।

आफ्नो देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुले विदेश जाने क्रममा बिभिन्न नाममा चर्को शुल्क तिर्नुपर्ने बाध्यता त छ नै, त्यसमा पनि विदेश गएर तोकिएजस्तो सेवा-सुविधा नपाउने, ठगिमा पर्ने, श्रम सोषण हुने, मानवतस्करको फन्दामा पर्ने, विदेशमा पुर्याएर बिचल्लीमा पार्ने जस्ता कयौं समस्याहरु व्याप्त छन् । 

सरकारले वैदेशिक रोजगारमा एजेन्ट व्यावस्था खारेज गरेको अवस्था भए पनि झनै एजेन्टहरुको सक्रियत बढेको अवस्था छ । जसबाट भए/नभएको प्रलोभनमा परेर युवाहरु ठगिईरहेका छन् । साथै पैसाको लोभमा एजेन्ट-एजेन्टको हातमा परेर भविष्यमा आईपर्ने समस्याको जिम्मेवारी आफ्नै टाउकोमा थोपरिने समस्या छ । सरकारले वैदेशिक रोजगारमा खाडी सहित मलेसिया जान १० हजार र अन्य देशमा जान बढीमा १ लाख मात्र तोकेको अवस्थामा सोको १० औं गुणासम्म अशुली भईरहेको छ । जुन अशुली रकम सरकारको आँखामा बेरुजु छ । जसको कारण वर्षेनी अरवौं रकम रोजगारको नाममा विदेशी एजेन्टको हातमा पुगेको छ । यस विषयमा सरकारले बुझेर पनि अनदेखा गरेको आरोप लगाइएको छ ।

'अर्को कुलमान बन्नुछ सर तपाइँले !' 

वैदेशिक रोजगारमा पठाउने भन्दै सामाजिक संजालमा व्यापक भ्रामक बिज्ञापनहरु आएपछि वैदेशिक रोजगार बिभागले एक दर्जन बढी व्यक्तिहरुलाई पक्राउ गर्न आदेश दिएको छ । कोरोनाको कहर वीच म्यानपावर कम्पनीहरुमा वैदेशिक रोजगारको बिज्ञापनहरु नआएको तथा फागुन २९ पछिमा नयाँ डिमाण्डमा सरकारले श्रम स्वीकृति नदिएको अवस्था छ । यसै अवसरलाई मौका छोपी युरोप लगायत देशमा पठाउने भन्दै व्यक्तिगत रुपमा फेसबुकमा भए नभएको बिज्ञापन दिएर हजारौँसँग अशुली भएपछि वैदेशिक रोजगार बिभागले एक्सन लिएको छ । वैदेशिक रोजगार बिभागले एकै दिन अनाधिकृत रुपमा फेसबुकमा विज्ञापन दिएर भ्रमपूर्ण विज्ञापन गर्ने दर्जन भन्दा बढीलाई कारवाहीको लागि प्रक्रिया अघि बढाएको छ । 


यसै क्रममा फेसबुकमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दहालले एक्सन लिदैगर्दाको भिडियो भाइरल भएको छ । भिडियोमा केहि घण्टामै सयौं प्रतिक्रिया आएका छन् । एकजनाले प्रतिक्रिया दिदै लेखेका छन् 'कुलमान जस्तै हिरो हुन मन छ भने गर्ने ठाउँ भनेकै यहि हो सर, देखदा खेरि जोस जागर सारै मन पर्यो, त्यसैले सेएर गरेको । बैदेशिक रोजगारको निर्देशक को रैछ भन्ने नहोस्, मुख-मुखमा तपाईंको नाम आउँछ । … अर्को कुलमान बन्नु छ तपाईले ।' 

प्रतिक्रिया दिने व्यक्तिले जे लेखेका छन् । त्यसले आम युवाहरुले बिभिन्न सरकारी निकायमा भएको बेथिति रोक्न कुलमान जस्तै नेतृत्वको खोजि गरेका छन् भन्ने प्रष्ट हुन्छ । बेथितिको हिसावले कुरा गर्ने हो भने वैदेशिक रोजगारीमा भएको बेथितिको प्रभाव विद्युत प्राधिकरणको लोडसेडीङ ताका भएको बेथिति भन्दा कम छैन । वैदेशिक रोजगारको क्षेत्रलाई बेथिति मुक्त बनाउन सक्ने हो भने वर्षेनी अरवौं रकम विदेश जानबाट रोक्न सकिनुको साथै लाखौँ युवाहरुलाई चर्को लागतमा वैदेशिक रोजगारमा जानपर्ने बाध्यतालाई रोक्न सकिन्छ । यसका लागि वैदेशिक रोजगार क्षेत्र सुधारको लागि सरकारले ल्याएको नीति कार्यान्वयन गर्न जरुरी छ । सरकारले ल्याएको नीति अनुसार एजेन्ट मुक्त वैदेशिक रोजगारको नीति र लागत सम्बन्धि नीति कार्यान्वयन मुख्य मानिएको छ । म्यानपावर व्यवसायीले सरकारले तोकेको लागतमा बैदेशिक रोजगारमा पठाउन सम्भव नदेखिएको बताउदै आएको अवस्थामा लागत खर्च पारदर्शी बनाउन व्यवसायीको मागलाई मध्यनजर गरेर कानुन संसोधन गर्ने वा सरकारले हाल लिएको नीतिलाई कडाईका साथ लागू गर्ने विकल्प छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण