२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा बाध्यकारी श्रममा लगाइएका ६ जना नेपाली सुरक्षा गार्डको उद्धार

२०७७, १६ कार्तिक आईतवार ०५:१७

कार्त्तिक १६, काठमाडौं । मलेसियामा बाध्यकारी श्रममा लगाइएका ६ जना नेपाली सुरक्षा गार्डको अध्यागमन विभागले उद्धार गरेको छ । मलेसियाको अध्यागमन विभागका महानिर्देशक खैरुल डैज्मी दाउदले एक विज्ञप्ति जारी गर्दै अक्टोवर २७ तारेखका दिन मलेसियाको प्रतिआतंकवाद, सम्पत्ति शुद्धिकरण तथा आप्रवासी कामदारहरुको बेचबिखनविरुद्ध विभागले गरेको एक अपरेशनका क्रमम ३० देखि ४० वर्ष उमेर समूहका ६ जना नेपाली सुरक्षागार्डहरुको उद्धार गरेको बताएका छन् ।


उद्धार गरिएका नेपाली सुरक्षागार्डहरु सरसफाईका दृष्टिले अस्वस्थ तथा स्थानका दृष्टिले अपर्याप्त ठाउँमा बसीरहेको अवस्थामा उद्धार गरिएको खैरुलले बताएका छन् । उद्धारपछि अध्यागमन विभागले नेपाली सुरक्षागार्डहरुसँग अनतरवार्ता गरेको छ । जसमा उनीहरुले कम्पनीले विगत ६ महिनादेखि आफ्नो तलव नदिएको बताएका छन् । त्यसैगरी उनीहरुले आफ्नो रोजगारदाताले तलवसहित कुनै सहयोग नगरेको र आफुहरुसँग नभेटेको जानकारी दिएका छन् ।

उद्धार गरिएका नेपाली सुरक्षागार्डहरुको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण गरिएको भन्दै मलेसियन अध्यागमन विभागले हाल उनीहरु आफ्नो सेल्टरमा रहेको बताएको छ । विभागले नेपाली सुरक्षागार्डहरुलाई काममा लगाउने कम्पनीका कागजात कब्जामा लिई थप अनुसन्धान शुरु गरिएको बताएको छ ।

मलेसियाको कानून अनुसार मानव शोषण गरेको प्रमाणित भएमा १५ वर्षसम्म जेल सजाय तथा आर्थिक जरिवाना हुने प्रावधान रहेको छ । अध्यागमन विभागले सेक्युरिटी कम्पनीका मालिकहरुलाई जवाफ दिनका लागि वारेन्ट पठाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण