२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० दिनमा ८ हजार बढीले लिए विदेश जान श्रम स्वीकृति, कुन देशमा कति ?

२०७७, १६ कार्तिक आईतवार १५:५५

कात्तिक १६, काठमाण्डौ | कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो । 

बिभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेहरुमा सबैभन्दा धेरै खाडीका देशका लागि छन् । जसमध्ये साउदी जानको लागि २ हजार ८ सय ३१ जनाले श्रम स्वीकृति लिएका छन् भने संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि २ हजार ६ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानका लागि १ हजार ३ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै बहराइन जानका लागि १ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् भने खाडीकै अर्को देश कुवेत जानका लागि १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै ओमान जानका लागि १ सय ६ जनाले र मलेसिया जान १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । 

यसअघि भदौ महिनामा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए । 

हेर्नुहोस असोज महिनामा कुन देश जान कतिले श्रम स्वीकृति लिए ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण