२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डको अत्यन्त जरुरी सूचना

२०७७, १७ कार्तिक सोमबार ०७:२३

कात्तिक १७, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमा नै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकतालाले सान्त्वना/राहत वापतको रकम बुझ्न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारणले अन्तराष्ट्रिय उडान बन्द भई शब नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारहरूका हकवालालाई बोर्डको सचिवालयबाट नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप रू पचास हजार रूपैया उपलब्ध गराउने निर्णय वोर्डले गरेको थियो । 

सोहि बमोजिम राहत रकमका लागि मृतक कामदारका हकवालाले सम्बन्धित नेपाली राजदुतावासले जारी गरेको मृतक कामदारहरूको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि "क बर्गको वैक खाताको प्रमाणित निस्सा लगायत तोकिए बमोजिमको अन्य कागजातहरू संलग्न राखी वैदेशिक रोजगार बोर्डको सचिवालयको इमेल [email protected] मा आवेदन गर्नुहुन वोर्डले अनुरोध गरेको छ । 

साथै, विदेशमा दाहसस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरूको नामावली र निवेदनको ढाँचा यस बोर्ड सचिवालयको वेभसाइट www.fepb.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिने वोर्डले जनाएको छ । थप जानकारीको लागि श्रम कलसेन्टरको ११४१ वा सचिवालयको फोन नं. ०१-४२२०३११, ०१-४२२०५६७ मा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन वोर्डले  अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण