२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डको अत्यन्त जरुरी सूचना

१७ कार्तिक २०७७, सोमबार ०७:२३

कात्तिक १७, काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भई विदेशमा नै अन्तिम संस्कारका लागि सहमति प्रदान गर्ने कामदारका हकतालाले सान्त्वना/राहत वापतको रकम बुझ्न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारणले अन्तराष्ट्रिय उडान बन्द भई शब नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारहरूका हकवालालाई बोर्डको सचिवालयबाट नियमानुसार प्रदान गरिने आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप रू पचास हजार रूपैया उपलब्ध गराउने निर्णय वोर्डले गरेको थियो । 

सोहि बमोजिम राहत रकमका लागि मृतक कामदारका हकवालाले सम्बन्धित नेपाली राजदुतावासले जारी गरेको मृतक कामदारहरूको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि "क बर्गको वैक खाताको प्रमाणित निस्सा लगायत तोकिए बमोजिमको अन्य कागजातहरू संलग्न राखी वैदेशिक रोजगार बोर्डको सचिवालयको इमेल [email protected] मा आवेदन गर्नुहुन वोर्डले अनुरोध गरेको छ । 

साथै, विदेशमा दाहसस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरूको नामावली र निवेदनको ढाँचा यस बोर्ड सचिवालयको वेभसाइट www.fepb.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिने वोर्डले जनाएको छ । थप जानकारीको लागि श्रम कलसेन्टरको ११४१ वा सचिवालयको फोन नं. ०१-४२२०३११, ०१-४२२०५६७ मा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन वोर्डले  अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा