२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले मागपत्र प्रमाणीकरणका नगरेपछि श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो

१९ कार्तिक २०७७, बुधबार १०:५५

कात्तिक १९,  काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई मंगलबार पत्राचार गरेको हो । 

विदेशस्थित नेपाली दूतावासहरुले कोरोना महामारीकाबीच कुनै पनि मागपत्र प्रमणीकरण नगरेको भन्दै आजकै मितिदेखि मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित निकायलाई आदेश जारी गर्न श्रम मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको हो। मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ। 


विदेशबाट रोजगारदाताले नेपाली कामदार माग गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण खुलाउन गर्दै आएको छ | नेपाली श्रमिकहरुको मुख्य गन्तव्य खाडीका मुलुकहरु र केहि यूरोपका देशहरुबाट कामदार लिनका लागि ठुलो संख्यामा माग आएकोले मागपत्र प्रमाणीकरण खुलाउन माग गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए 

। नेपाली श्रमिक लिन रोजगारदाता इच्छुक भएपनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्नसक्ने भएकोले यसतर्फ सरकारको ध्यानाकर्षण गरिएको उनको भनाई  छ | 

कोरोना महामारीका कारण केहि समय बन्द भएपनि अहिले खाडीका देशहरुमा आर्थिक गतिविधि बढ्न थालेको भन्दै ति देशहरुबाट कामदारको माग आउन् थालेको संघले बताएको छ | सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । 

सरकारले भदौ १४ देखि वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेपनि खाडी मूलुकमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको काम सुरु गरेका छैनन् | संस्थागत रुपमा मलेसिया सहित खाडीका देशबाट बढी मात्रामा डिमाण्ड आउने भएकोले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न पटक पटक दुतावासको ध्यानाकर्षण गरेका थियौं तर हाम्रो मागबारे दुतावासहरुले टेरेनन् संघका महासचिव श्रेष्ठले भने 'संघले मागपत्र प्रमाणीकरण तत्काल खुलाउनको लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम रायाको ध्यानाकार्षण गरेका छौं  |'  संघको ध्यानाकर्षण पश्च्यात श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको हो | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन