२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा सुधारः रोजगारदाता फेर्ने अनुमति सहित २०२१ मार्च देखि नयाँ नियम लागु हुने घोषणा

२०७७, १९ कार्तिक बुधबार १५:१२

कात्तिक १९, काठमाडौँ | साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् । साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् ।

मानव संशाधन मन्त्रालयले नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने जानकारी दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि साउदी अरेविया छोड्न र पुनः फर्किन सक्ने र पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन समेत सक्नेछन् । यसका बारेमा विगत लामो समय देखि बहस हुँदै आएको थियो । श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले यसका लागि दरिलो आवाज उठाउँदै आएका थिए । साउदी अरेवियामा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्याँक छ । साउदी अरेवियाले अगाडी सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको सो कार्यक्रमले लाखौंको संख्यामा कार्यरत विदेशी श्रमिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।


मानव अधिकारवादी संस्था ह्यूमन राईट्स वाचकी अध्ययनकर्ता रोथाना बेगमले साउदी अरेवियाले दिएको जानकारी अनुसार त्यहाँ कफाला प्रणालीका कतिपय अवयवहरुमा परिवर्तन हुनेछ । तर साउदी अधिकारीहरुले हालसम्म दिएको जानकारीका आधारमा कफला प्रणाली पुरै हट्ने अपेक्षा भनें गर्न नसकिने अध्ययनकर्ता बेगमले बताएकी छन् । नयाँ कानुनी व्यवस्थापछि पनि साउदी अरेवियामा रोजगारीका लागि आउन चाहनेहरुले कुनै रोजगारदाताले नै स्पोन्सर गर्नुपर्नेछ जसले श्रमिकमाथि रोजगारदाताको अधिकार कायम गर्ने उनले बताइन् ।

यस अगाडी साउदी अरेवियाले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) मा सुधार गर्ने घोषणा गरेपनि कोभिड १९ का कारण सो समयावधि भित्र सुधार गर्न नसकिएको साउदी अरेवियाले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण