२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा सुधारः रोजगारदाता फेर्ने अनुमति सहित २०२१ मार्च देखि नयाँ नियम लागु हुने घोषणा

१९ कार्तिक २०७७, बुधबार १५:१२

कात्तिक १९, काठमाडौँ | साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन सहायक मन्त्री अव्दुल्लाह बीन नासिर अबुथनैनले सञ्चारकर्मीहरुलाई बुधवार यसका बारेमा जानकारी दिएका हुन् । साउदी अरेवियाको श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको उनले बताएका छन् । रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण साउदी अरेवियामा लाखौं विदेशी श्रमिक बाध्यकारी श्रम गर्न समेत बाध्य हुँदै आएका छन् ।

मानव संशाधन मन्त्रालयले नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने जानकारी दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि साउदी अरेविया छोड्न र पुनः फर्किन सक्ने र पुनः साउदी अरेविया नफर्किने गरी स्वदेश फर्किन समेत सक्नेछन् । यसका बारेमा विगत लामो समय देखि बहस हुँदै आएको थियो । श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले यसका लागि दरिलो आवाज उठाउँदै आएका थिए । साउदी अरेवियामा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्याँक छ । साउदी अरेवियाले अगाडी सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको सो कार्यक्रमले लाखौंको संख्यामा कार्यरत विदेशी श्रमिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।


मानव अधिकारवादी संस्था ह्यूमन राईट्स वाचकी अध्ययनकर्ता रोथाना बेगमले साउदी अरेवियाले दिएको जानकारी अनुसार त्यहाँ कफाला प्रणालीका कतिपय अवयवहरुमा परिवर्तन हुनेछ । तर साउदी अधिकारीहरुले हालसम्म दिएको जानकारीका आधारमा कफला प्रणाली पुरै हट्ने अपेक्षा भनें गर्न नसकिने अध्ययनकर्ता बेगमले बताएकी छन् । नयाँ कानुनी व्यवस्थापछि पनि साउदी अरेवियामा रोजगारीका लागि आउन चाहनेहरुले कुनै रोजगारदाताले नै स्पोन्सर गर्नुपर्नेछ जसले श्रमिकमाथि रोजगारदाताको अधिकार कायम गर्ने उनले बताइन् ।

यस अगाडी साउदी अरेवियाले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) मा सुधार गर्ने घोषणा गरेपनि कोभिड १९ का कारण सो समयावधि भित्र सुधार गर्न नसकिएको साउदी अरेवियाले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो