कार्त्तिक २०, काठमाडौं । साउदी अरेवियाले थप २७ नेपालीलाई वहिर्गमन भीसा दिएको छ ।
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई साउदीस्थित नेपाली दुतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले बहिर्गमन भिषा प्रदान गरेको हो ।
यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार २१७ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको दुतावासले जनाएको छ । यस मध्ये १ देखि १,१९० सम्मको सूचि दुतावासले यसअघि नै प्रकाशन गरिसकेको छ ।
हाल कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेको हुँदा आफ्नो अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिची WhatsApp गर्नुहुन दुतावासले अनुरोध गरेको छ ।
साथै, विभिन्न कसूरमा मुद्दा रहेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै यस्ता कागज पठाउनुहुन पनि दुतावासको आग्रह गरेको छ । बहिर्गमन भीसा जारी भएकाहरु भीसा जारी भएको मितिले ६० दिन भित्र साउदी अरब छोडिसक्नुपर्ने भएकाले स्वदेश फर्किने तयारी गर्न दुतावासले भनेको छ।
नयाँ वहिर्गमन भीसा जारी भएका २७ जनाको नामावली
