२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अब १७ वटा म्यानपावरले मात्र कतार कामदार पठाउने भएका हुन् ?

२०७७, २१ कार्तिक शुक्रबार ०४:३५

अनिल अधिकारी | कात्तिक २१, काठमाडौँ | म्यानपावर व्यवसायीहरु एक बजार हल्लाले तर्सिएका छन् । हल्ला के छ भने 'कतारले आफ्नो देशमा कामदार पठाउन नेपालका १७ म्यानपावर कम्पनीलाई मात्र अनुमति दियो ।' हल्ला यति मात्र होइन, सिन्डिकेटमा जोडिएका १५ म्यानपावरको नामनै सार्वजनिक गरिएको छ । म्यानपावरहरुको लिस्टमा कतार भिषा सेन्टरको संचालक हेम गुरुङको म्यानपावर समेत जोडिएको छ । गुरुङ एसओएस म्यानपावरका अध्यक्ष हुन् । 

कतारले छनौट गरेको भनिएको म्यानपावरहरुमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि छन् । 

संघलाई सैह्य हुँदैन- अध्यक्ष गैरे

कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको हल्ला बजारमा दशैं अघिनै बजारमा फैलिएको थियो । तर बिहिबार बिहानदेखि म्यानपावरको नाम समेत सार्वजनिक भएपछि म्यानपावर व्यवसायीहरुले आकस्मिक बैठक समेत बसेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम आवद्ध व्यवसायीहरुको बैठक बसेर यस सम्बन्धमा छलफल भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु  गैरेले साझा सबाललाई जानकारी दिए । अध्यक्ष गैरेले सिन्डिकेटको आशंका सहित एउटा लिस्ट पाएको पुष्टि गरे ।

अध्यक्ष गैरेले भने- 'लिष्ट कसले सार्वजनिक गर्यो भन्ने विषय हालसम्म थाहा छैन । नाम जोडिएका म्यानपावर संचालकहरुसंग समेत कुरा गर्दा ति म्यानपावरका संचालकहरुले आफूहरुलाई उक्त विषयमा थाहा नभएको जानकारी दिनु भएको छ । एसओएसका अध्यक्ष हेम गुरुङलाई पनि सोधें, उहाँले पनि सिन्डिकेटको पक्षमा नरहेको र आफूबाट त्यस्तो काम हुनै नसक्ने बताउनुभयो ।'

अध्यक्ष गैरेले अगाडी भने 'यदी कतार कामदार पठाउनको लागि सिन्डिकेटको बाटो रोजिएको भए त्यो संघलाई सैह्य हुँदैन । मेरो नेतृत्वमा संघ आन्दोलनमा उत्रन्छन् । कोरोना महामारीले थलिएको वर्तमान अवस्था व्यवसायीको लागि यसैपनि गम्भीर छ, त्यसमाथी पनि सिन्डिकेट लगाउने कार्य हुन्छ भने सहने कुरा हुँदैन ।' 

संघको नेतृत्व असफल हुँदा यस्ता हल्लाहरु फैलिए- निवर्तमान अध्यक्ष गुरुङ

यता यसै बिषयमा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले संघको वर्तमान नेतृत्व असफल हुँदा यस्ता हल्लाहरु फैलिएको बताए । गुरुङले भने 'अहिलेको सरकार सिन्डिकेट पक्षमा छैन, कतार सरकार आफै सिन्डिकेट लगाएर आफूलाई दाग लगाउने काम गर्छ भन्ने मलाई लाग्दैन । तर सिन्डिकेट लागीहाले वर्तमान संघको नेतृत्वले त्यसको प्रतिकार गर्न सक्दैन भन्ने डरले व्यवसायी माझ 'कतार सिन्डिकेटको हल्ला' फैलिएको र व्यवसायीहरु सशंकित भएका हुन् ।'

गुरुङले अगाडी भने 'यदी हल्ला आएझैँ सत्य भयो वा समग्र व्यवसायीको अहित हुने खालको कुनैपनि कुरा आउँछ भने त्यसको प्रतिकार हुनुपर्छ । तर जुन हल्ला आएको छ, कतारले त्यस्तो सिन्डिकेट गर्छ भन्ने मलाई लाग्दैन । बरु कतारले कामदारको लागत शुल्क चर्को भएको विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउन सक्छ ।' गुरुङले सिन्डिकेटको हल्ला सावित भएर सिमित म्यानपावरले मात्र कतार कामदार पठाउने स्थिति आए, त्यसमा संलग्नहरुलाई भौतिक कारवाही गर्ने चेतावनी दिए । 

व्यवसायीहरु स-संकित

यसै बिषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार प्रज्ञान न्यौपानेले फेसबुकमा लेखेका छन् 'सिन्डिकेटको बिरुद्ध छु भन्ने यो सरकार के हेरेर बसेको छ ? आज गरीब नेपाली कामदार रोजिरोटीको लागि बिदेश जानु बाध्यात्मक अवस्था छ त्यही कामदार जाने महत्वपूर्ण गन्तब्य कतार देशलाई केही सिन्डिकेट धारीहरुको मिलोमतोमा १७ वटा मेनपावरलाई सुचिकृत गर्ने प्रयास गरिएको छ । अब हामी ब्यबसायी सानोतिनो कुरामा अल्झिएर बादबिबाद गर्नु ब्यर्थ छ । ब्यबसायनै रहेन भने केको लागि राजनीति केको झगडा त्यसैले सबै एकजुट भएर QVC देखी सबै निकाय बन्द गरौ, कतारको रोजगारी बन्द गर्ने निर्णय गरौ सरकारलाई झकझकाऔ !! संघले आवाज बुलन्द पारोस हाम्रो सबैले साथ दिन तयार छौ ।' 

त्यस्तै एक व्यवसायी राज कुमार कार्कीले यस सम्बन्धमा कवितानै लेखेका छन्  'कतार सिन्डिकेट' शिर्षकमा उनले लेखेको कविता यस्तो छ:

फेसबुकमा देखियो सिन्डिकेट आज फेरि सत्र 

बाँकी आठ सय सैँतिस ब्यबसायी किन अलपत्र ? 

कस्ले हाल्यो त्यो नाम-सूची फेसबुकमा कुन्नि ऐले

जोरीनै खोज्यो त्यसले किन भनि दिए फेरि मैले 

सब मिली तिनको अब अफिस सब चाडो  घेरौं

सबले काम गर्न पाउने गरि त्यो सुची सब फेरौं

चाडो गरि क्युभिसीको अफिसनै अब घेरौं

तेरो-मेरो भनि कसैको पनि अब मुखनै नहेरौं

कस्ता रहेछ्न् यिनिहरु एकाधिकारी फटाहा जाली 

फेला पर्ने भए अब यिनिहरु सब जाली यसपालि 

नेपालको संविधानले भन्छ सिन्डिकेट राख्नु हुन्न

के यस्ता सिन्डिकेट गर्ने फटाहालाई नियमले छुन्न ? 

कुनै पनि हालतमा अब सिन्डिकेट लाग्न दिनु हुन्न

के नियम-कानुनले यस्तालाई किन हो कहिल्यै छुन्न ?

किन चुप लागि बस्छ यो बै.रो.संघ आजसम्म फेरि 

आठ सय सैँतिस व्यवसायी सडकमा आउछौं हेरि 

सरकारले सबको करोडौंको धरौटी किन बनायो ? 

सत्रले मात्र किन आज खुसियाली फेरिनै मनायो

कतार कामदार पठाउन कस्ले यो सूची बनायो ?

कामदार माथि किन हो आज  एकाधिकार लाध्यो 

कामदार माथि बढी पैसा लिन सिन्डिकेट बनायो

जनताको नजरमा सही सत्य कुरा हो भने गनायो

सबले बिरोध गरि गुन्जाउ त फेरि मेची महाकाली 

बिन्ती गर्दछौं हजुरहरु सबलाई हामीहरु यसपाली 

क्युभीसीले कतार जाने नेपाली कामदारको फिङ्गरप्रिन्ट लिने र भिसाको प्रोसेसिङमा सहजीकरण गर्ने काम गर्छ । नेपालमा हाल ८५४ संस्थाले वैदेशिक रोजगारमा पठाउने धरौटी राखेका छन् । क्युभीसीमा कतारले १७ म्यानपावरलाई मात्र कतार कामदार पठाउन दिन परिपत्र गरेको भन्ने हल्ला फैलिएसंगै व्यावसायीहरुले त्यसको विरोध गरेका छन् । अहिले नेपाल सरकारबाट स्वीकृति प्राप्त सबै म्यानपावर व्यवसायीले कतारमा कामदार पठाउनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण