डिमाण्ड हेर्न यहाँ क्लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डिमाण्ड हेर्न यहाँ क्लि"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

अफगानिस्तानबाट ११३ नेपालीको लागि डिमाण्ड आयो, मासिक तलव १ लाख १८ हजार

२०७७, २१ कार्तिक शुक्रबार ०५:२२

कार्त्तिक २१, काठमाडौं । अफगानिस्तानमा १ सय १३ जना नेपालीको लागि रोजगारीको अवसर आएको छ । अफगानिस्तानको GARDWORLD FEDERAL SERVICE कम्पनीले १ सय १३ जना Armed Guard को माग गरेको हो । 

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला 

नेपालको एफ एस आई वर्ल्डवाइड नेपाल प्रा. लि. (साविकको नामः ईएमपी नेपाल प्रा.लि.) ले  १ सय १३ जनाको डिमाण्ड वैदेशिक रोजगार कार्यालय ताहाचलबाट २०७६बैशाख १३ गते पूर्व स्वीकृति र २०७७ कार्त्तिक १६ गते पुन: स्वीकृति लिएको हो । फ्री भिसा फ्री टिकट सहित जानको लागि म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । खान बस्न सुविधा सहित मासिक तलब एक हजार अमेरिकी डलर अर्थात् १ लाख १८ हजार २७० रुपैयाँ रहेको छ ।

इण्डियन आर्मीको हकमा उमेर ४१ वर्ष ननाघेको, अवकाश पत्र र पी.पी.ओ. अनिवार्य रूपमा हुनुपनेछ । नेपाल आमीको हकमा उमेर ४० वर्ष ननाघेको अवकास पत्र र पेन्सन पट्टा भएको साथै अनिवार्य एसएलसी उत्तीर्ण गरेको सक्कल प्रमाण पत्र हुनुपर्नेछ । सिंध नाथ गण (Commando) भैरवनाथ गण (Para Commando), युद्ध भैरत गण (Special Force), महातीर अण Rangers जस्ता गण बाट अवकाश (पेन्सन) भएकाहरुलाई मात्र यो अवसर रहेको कम्पनीले जनाएको छ । यी मापदण्डहरू मेल खाने इच्छुकले कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । फाइनल अन्तरवार्ता यहि कात्तिक २५ गते हुने जनाइको छ ।

सक्कल प्रमाणपत्र अनिवार्य हुनुपर्ने साथै यदि नक्कली मेटिएमा सम्बन्धित निकायबाट कारवाही हुने जनाइको छ ।  शनिवार र आइतबार कार्यालय बन्द रहनेछ ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४.. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.. काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

६. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण