२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

२०७७, २३ कार्तिक आईतवार ०७:१२

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृति दिने कार्य ठप्प भएको छ । विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आज बिहानै देखि श्रम स्वीकृति लगायतका अनलाइनबाट हुने सम्पूर्ण कार्य गर्न नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालयका निर्देशक एवं सूचना अधिकारी छत्र बहादुर शाहले साझा सबाललाई जानकारी दिए ।

आज बिहानै देखि अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको छ निर्देशक शाहले भने 'विभागको आइटी टोलीले काम गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको छु ।' प्राविधिक टोलीले काम गरिरहनुभएको छ वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी टिकामणि नेउपानेले भने ' प्राविधिक काम भएकोले कति बेलाबाट पुन: सेवा शुरु हुन्छ भन्न सकिंदैन ।' प्राविधिक समस्या समाधान हुनासाथ श्रम स्वीकृति लगायत अनलाइनबाट हुने सबै सेवा पुन: शुरु गरिने उनले बताए ।

सरकारले २०७५ असोज १५ देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली पूर्ण रुपमा संचालनमा ल्याएको थियो । यो सूचना प्रणालीमा पटक पटक प्राविधिक समस्या आउँदा सेवाग्राहीले हैरानी व्यहोर्दै आएका छन् । 

यसैविच कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो । विभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले श्रम स्वीकृति लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण