२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण गर्दैन : राजदुत पाण्डे

२०७७, २४ कार्तिक सोमबार ०६:५६

मनोज पराजुली । कार्त्तिक २४, काठमाडौँ । मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । मलेसिया सरकारले नै विदेशी श्रमिक डिसेम्बरसम्म नलिने घोषणा गरेको भन्दै तत्कालका लागि नेपाली श्रमिक लैजानको लागि मागपत्र प्रमाणीकरण नगरिने मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले जानकारी दिए ।

नयाँ विदेशी श्रमिकलाई मलेसियाले डिसेम्बरसम्म रोक नै लगाएको छ, साझा सबालासंग कुरा गर्दै राजदुत पाण्डेले भने ‘मलेसियाले विदेशी श्रमिक नै आउन दिंदैन भने अहिले किन मागपत्र प्रमाणीकरण गर्ने ?’ दुतावासमा नयाँ मागपत्र प्रमाणीकरण कुनै रोजगारदाता आएका छैनन् आएमा पनि दुतावासले तत्काल प्रमाणीकरण गर्दैन उनले भने ‘श्रमिक आउन नपाउने अवस्थामा नै नेपालका म्यानपावरले डिमाण्डसंगै  रोजगारीको आस देखाएर सर्वासाधणको पासपोर्ट होल्ड गराएर समस्यामा पार्न सक्छन् त्यसतर्फ पनि हामी सचेत छौं ।’

मलेसियामा विदेशी नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि सकिएका श्रमिकलाई करार नवीकरणका लागि अनुरोध गर्न थालेका राजदुत पाण्डेले बताए । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तत्काल विदेशस्थित नियोगहरुबाट मागपत्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै आएको छ तर दुतावासहरुले मागपत्र प्रमाणीकरण गरेका छैनन् । 

यसैविच विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कार्त्तिक १८ गते पत्राचार गरेको हो । मागपत्र प्रमाणीकरणलाई निरन्तरता दिई वैदेशिक रोजगारीलाई सहजीकरण गरिदिन समेत सोही पत्रमार्फत् श्रम मन्त्रालयले आग्रह गरेको छ। 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण