२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खाडी सहित युरोप र जापानबाट २५ हजार बढी कम्पनीको डिमाण्ड आएका छन्’ -अध्यक्ष गैरे

२०७७, २७ कार्तिक बिहीबार ०३:५२

कात्तिक २७, काठमाडौँ | कोरोना महामारीपछि वैदेशिक रोजगारीमा नयाँ कामदार जान नपाएको अवस्थामा बिभिन्न म्यानपावर कम्पनीमा हजारौं कम्पनीले मागपत्र पठाएको पाइएको छ । यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले साझा सबाललाई जानकारी गराएका छन् । 

कोरोनाको कहरबीच बेरोजगार युवाहरुले वैदेशिक रोजगारमा जान दशैंपछि निकै सक्रिय रुपमा उपत्यका छिर्ने र वैदेशिक रोजगार सम्बन्धि चासो दिन थालेको अध्यक्ष गैरेले जानकारी दिएका छन् । कोरोनाको कारण विदेशका कयौं कम्पनीमा कामदार अभाव भएको अवस्थामा स्वास्थ्य प्रोटोकल पालना गरि नयाँ कामदार पठाउने सबै प्रक्रिया खूला गर्नुपर्ने अध्यक्ष गैरेले बताए । उनले भने 'अहिले सरकारले वैदेशिक रोजगारमा पठाउने सबै श्रम स्वीकृति खुला गरेको भए पनि सम्बन्धित देशका दुतावासले मागपत्रको प्रमाणीकरण नगरेको कारण नयाँ कामदार विदेश जान पाएका छैनन् । समस्याग्रस्त कम्पनीको मागपत्रमा दुतावासले प्रमाणीकरण नगरेपनि विदेशका राम्रा कम्पनीको मागपत्र प्रमाणीकरण गर्नुपर्छ ।' 

अध्यक्ष गैरेले तिहारपछि म्यानपावर कम्पनीहरु खोल्नुको विकल्प नरहेको बताएका छन् । उनले केहि दिनमा बिभिन्न देशका दुतावासले वैदेशिक रोजगारका नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गर्नेमा आफू आशावादी रहेको बताए । 

अध्यक्ष गैरेसंगको कुराकानीको भिडियो तल हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण