२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा अस्थायी कार्यालय सञ्चालन गर्ने

२०७७, ५ मंसिर शुक्रबार १२:००

मङ्सिर ५, काठमाडौँ । साउदीस्थित नेपाली दुतावासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । दुतावासले शुक्रबार एक सूचना जारी गर्दै राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको जनाएको छ ।

राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आगामी ४ डिसेम्बरमा दमाममा  र  डिसेम्बर ११ मा जुवेलमा अस्थायी कार्यालय सञ्चालन गर्न लागेको दुतावासले जनाएको छ ।

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने दुतावासले जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ । तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा https://forms.gle/pryfMdChxs2QHCPi6  लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन दुतावासले पुनःअनुरोध गरेको छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण