२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कतारले नयाँ श्रमिक लिने, मागपत्र प्रमाणीकरण काम सुरु

२०७७, ७ मंसिर आईतवार ०८:३१

मंसिर ७, काठमाडौँ |कतार सरकारले अब नयाँ श्रमिक लिने भएको छ | नोभेम्बर १५ मा कतार सरकारले सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएको हो |

योसंगै कतार स्थित नेपाली दूतावासले आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम सुरुगरेको छ | यसअघि कतार सरकारले कोरोनाको कारण नयाँ श्रम बन्द गरेको थियो | कोरोनाभाइरसका कारण उच्च जोखिममा रहेका देशहरुको प्रतिबन्ध हटाएसंगै नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको हो | 

कतारको यो घोषणासंगै अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ | कतारले खुला नगरुन्जेल सम्म कामको माग ल्याउँदा पनि प्रमाणीकरण गर्न सक्ने अवस्था  नभएको दूतावासको भनाइ छ | 

हाल कतारबाट विदामा नेपाल आएकाहरुले फर्कन चाहेमा कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्ने कतार सरकारको नयाँ नियम छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू