२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम श्रम स्वीकृति खोल्ने तर कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण किन नहुने ?’

२०७७, ७ मंसिर आईतवार १३:२४

मङ्सिर ७, काठमाडौं । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विदेशस्थित कुटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण कार्य तत्काल सुचारु गर्न माग गरेको छ । एकातिर अन्तिम श्रम स्वीकृति सुचारु गर्ने अर्कोतिर सम्बन्धित श्रोत मुलुककको नियम पुरा गर्दा समेत मागपत्र प्रमाणीकरण नभएको भन्दै एसोसिएसनले तत्काल मागपत्र प्रमाणीकरण सुचारु गर्न माग गरेको छ ।

'केहि समय देखि नेपाल कै अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरि भिजिट भिसा मार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेका, केहि कम्पनी हरुको नाम सहित ' कतार सिण्डिकेट' तथा मागपत्र प्रमाणीकरणमा ढिलाई जस्ता शीर्षकमा विभिन्न माध्यमहरु बाट आएका समाचार प्रति यस " नेपाल लोकत्रान्त्रिक  वैदेशिक रोजगार व्यवसायी एसोसिएसन" को गम्भीर ध्यानाकर्षण भएको छ'   एसोसिएसन अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार बीमा प्राप्त नगरी विदेश जाँदा/पठाउदा कामदारहरुलाई कुनै भवितब्य पर्न गएमा कुनै पनि क्षतिपुर्ती पाउने कानुनी प्रावधान नभएकोले ठगिमा पर्ने अधिक सम्भावना हुने भन्दै  एसोसिएसनले ऐन,नियम विपरितका कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने बताएको छ । यदि कहिँकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यस्ता संस्थाहरु यस एसोसिएसनको सदस्य रहन नसक्ने एसोसिएसनले जनाएको छ  ।

वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको एकाधिकार र अप्राकृतिक मिलेमोतो जस्ता घृणित कार्यहरु यस एसोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका काम व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारबाहीको दयारा भित्र आउनु पर्ने एसोसिएसनले ठहर गरेको छ।  

'विदेशस्थित रोजगारदाता कम्पनीहरुले कतिपय मुलुकहरुबाट कामदार लैजाने प्रक्रिया सुरु गर्दा समेत त्यहा स्थित नेपाली दुतावास हरुले मागपत्र प्रमाणीकरण नगर्नुको कारण के हो ? मुलुकको लागि वैदेशिक रोजगार आवश्यक हो कि होइन ? कि वैदेशिक रोजगार नीतिमा परिवर्तन हुन लागेको त होइन ?' भन्दै एसोसिएसनले सरकारसंग जवाफ मागेको छ ।

दिनानुदिन बढ्दै गएका बेरोजगार हरुको संख्या र वैदेशिक रोजगार ब्यवसायी हरुको मनोबल खस्कदै गएकोले संवेदनशील एवं अनिर्णित विषयहरुमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक  रोजगार विभागसंग अबिलम्ब छलफल गरि उचित निकास निकाल्नको लागि  नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई यस " नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यबसायी एसोसिएसन " जोडदार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण