२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा विदेश पठाउनेलाई कारबाही गर्ने एसोसिएसनको चेतावनी

२०७७, ८ मंसिर सोमबार ०३:२५

मङ्सिर ८, काठमाडौँ | नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कामदारको लागि पेश भएका मागपत्र प्रमाणीकरण नगरिएको कारण अवैधानिक बाटोबाट भिजिट भिषामा विदेश जाने काम भईरहेको भन्दै ध्यानाकर्षण गरेको छ । 

एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै गत असार १४ गते नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको अवस्थामा अहिलेसम्म विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण शुरूवात नगरेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ 'अन्तिम श्रम स्वीकृति र वैदेशिक रोजगार विमा प्राप्त नगरी विदेश जाँदा र पठाउँदा कामदारहरुलाई कुनै भवितव्य पर्न गएमा कुनैपनि क्षेतिपूर्ति पाउने कानुनी प्रावधान नभएकाले ठगिमा पर्ने अत्याधिक सम्भावना हुने हुँदा यस्ता ऐन, नियम विपरितका कार्यलाई निरुत्साहन गर्न सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एकजुट हुनुपर्ने र यदी कहिंकतै यस्ता कार्यहरुलाई प्रोत्साहन गरेको पाइएमा त्यास्ता संस्थाहरु यस एशोसिएसनको सदस्य रहन नसक्ने तथा वैदेशिक रोजगार व्यवसायमा कुनै प्रकारको सिन्डिकेट एकाधिकार र अप्राकृतिक मिलिमतो जस्ता घृणित कार्यहरु यस एशोसिएसनलाई सह्य नहुने र यस्ता प्रकारका व्यवसायी, कामदार र सरकारकै अहित हुने कार्यमा संलग्न जो कोहि पनि कारवाहीको दायराभित्र आउनुपर्ने हाम्रो ठहर छ ।'

अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा नेपाली दूतावासमा पेश भएका मागपत्र प्रमाणीकरण नहुँदा नेपाल कै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी भिजिट भिसामार्फत नेपाली कामदारहरु कामका लागि विदेश प्रस्थान गरेको उल्लेख छ । एसोसिएसनले बिज्ञप्ति मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले तत्काल छानविन तथा अनुसन्धान गर्नुपर्ने ध्यानाकर्षण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण